चितवन पुगेर प्रचण्डले भने – ‘हामी त अस्ताउँदो सूर्य’


प्रकाशित मिति : पुस ११, २०७६ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु अस्ताउँदो सूर्य रहेको र युवाहरु उदाउँदो सूर्य रहेको बताएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न युवाहरु एक हुनुपर्ने प्रचण्डको भनाई छ ।

चितवनको रत्ननगरमा बुधबारदेखि सुरु भएको नेपाल जेसीसको ४६ औँ महाधिवेशनको उद्घाटन गर्दै प्रचण्डले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्धारमा महाधिवेशन गर्नु आफैमा महत्वपूर्ण भएको बताए । अध्यक्ष प्रचण्डले समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवाहरुलाई भएकाले देशको आर्थिक विकासमा युवाहरुको भूमिका अतुलनीय रहेको बताए ।

‘हामी अस्ताउँदा सूर्य हौँ, तपाई युवाहरु उदाँउदो सूर्य हो । देशको आगामी नेतृत्व गर्ने जिम्मा तपाईहरुकै काँधमा छ ।’ –  प्रचण्डले भने ।
उनले देशमा ठूलो त्याग र तपस्यपछि नयाँ राजनैतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवाहरुले एक भएर अघि बढ्न आग्रह समेत गरे । प्रचण्डले नेपाल भ्रमण वर्ष सफल बनाउन ७ वटै प्रदेशबाट एक साथ सुभारम्भ गर्ने कार्यक्रम रहेकाले जेसिस महाधिवेशमा उपस्थितहरुलाई सहभागि हुन अनुरोध गरे ।

नेपाल सरकारले नेपाल भम्रण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जनवरी १ देखि सुरु हुने भ्रमण वर्षको स्वागतका लागि तेस्रो पर्यटकीय नगरी सौराहाले तयारी अन्तिम चरण पुराएको छ । बुधवारबाट सुरु भएको जेसिसको ४६ औँ महाधिवेश नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । महाधिवेशमा नेपालभरका २५ सयभन्दा बढी जेसिसको उपस्थिति रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com