बी एन्ड सी अस्पतालका सञ्चालक प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी, प्रसाईं फरार


प्रकाशित मिति : माघ २, २०७६ बिहीबार

चिकित्सा शिक्षा आयोगका अध्यक्षले आफूसंग २० करोड घुस मागेको आरोप लगाएका बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाइविरुद्ध जिल्ला अदालत भक्तपुरले पक्राउ पुर्जी जारी गरेको छ ।

आयोगका अध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रसाईंविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए । अदालतले सोही मुद्दामा प्रसाइलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । पक्राउ पुर्जी जारी भएलगत्तै प्रसाईंलाई पक्राउ गर्न भक्तपुर ठिमीस्थित उनको निवासमा पुगेको प्रहरी टोली उनलाई नभेटेपछि फर्किएको हो ।

प्रसाइले वि एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन घुस मागिएको आरोप लगाउदै पत्रकार सम्मेलन गरेका थिए । प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आफुसँग २० करोड रुपैयाँ घुस मागेको आरोप लगाए थिए ।

मंसिर १५ गते मेडिकल कलेको सम्बन्धनका लागि निवेदन दिएपछि द्धारीकाज होटलमा बोलाई २० करोड रुपैयाँ घुष माग गरेको उनको आरोप थियो ।

उक्त रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसम्म पुग्ने भएकाले मेडिकल कलेको सम्बन्धन २० करोड रुपैयाँ पाएमात्र दिने प्रस्ताव आएको सम्मेलन गरेरै जानकारी गराएका थिए ।

प्रसाइले उक्त रकम दिन नसक्ने बताएपछि आयोगका उपाध्यक्ष गिरीले आफ्ना सम्धीको नाममा १० प्रतिशत शेयर पास गरिदिन भनेको आरोप समेत लगाएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com