खसोखास पोल : नेपालको प्रतिनिधिसभा सदस्यसंख्याबारे थाहा छैन अधिकांशलाई


प्रकाशित मिति : माघ ५, २०७६ आईतबार

खसोखासले राज्यको बारेमा जानकारी दिलाउने उद्देश्यले गरेको एउटा सर्वेक्षणमा अधिकांशले प्रतिनिधिसभाका सदस्यसंख्याबारे गलत जवाफ दिएका छन् । सर्वेक्षणमा सहभागी ६० प्रतिशतले गलत जवाफ दिएका छन् ।

दुईवटा विकल्प दिइएकोमा अधिकांशले प्रतिनिधिसभा सदस्यसंख्या ६ सय १ रहेको बताएका छन् । तर प्रतिनिधिसभा सदस्य संख्या २७५ रहेकोमा ४० प्रतिशतलेमात्र टिक लगाएका छन् ।

प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो। माथिल्लो सदन राष्ट्रिय सभा हो। सदनको रचना र शक्तिहरू नेपालको संविधानको भाग ८ र ९ द्वारा स्थापित गरिएको छ।

प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले हुन्छ । १६५ सदस्यको चयन एकल मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा हुन्छ ।

प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउँछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३ प्रतिशत मत पाउनु पर्ने व्यस्था गरिएको छ।

अहिलेको प्रतिनिधिसभामा नेकपाको १७४ सिट, नेपाली काँग्रेसको ६३ सिट, राष्ट्रिय जनतापार्टी नेपालको १७ सिट, समाजवादी पार्टी नेपालको १७ सिट र स्वतन्त्र ४ सिट रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com