प्रहरीकै गाडीमा ट्राफिकको ‘ह्विल लक’


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ह्विल लक गरेको छ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो।

सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी रामशाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको हो।

नियम अनुसार कार्बाही गरेर मात्र उक्त गाडीलाई छोडिने ट्राफिक प्रहरीले जनाएको छ ।

यसअगाडि पनि उच्चपदस्थहरुको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक लगाएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com