पार्कर खेलमा अमेरिकामा दिनेशले राखे विश्व रेकर्ड, गिनिज बुकमा दर्ता
प्रकाशित मिति : माघ ११, २०७६ शनिबार
नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा पार्कर खेलमा नयाँ विश्व रेकर्ड कायम गरेका छन् । दिनेशले ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड राखेका हुन् ।
यसअगाडि उनले पार्कर खेलमा तीनवटा विश्व रेकर्ड कायम गरिसकेका छन् । यो उनको चौथो विश्व रेकर्ड हो । चौथो विश्व रेकर्ड गिनिज बुकले स्वीकार गरेको र प्रमाणपत्र समेत प्राप्त भइसकेको दिनेशले जानकारी दिए । गिनिज बुकका अहिलेसम्म उक्त विधामा एकघण्टाको अवधिमा जम्मा २ सय ब्याक फ्लिप्सको रेकर्ड रहेको छ ।
गिनिज बुकमा उनको नयाँ रेकर्ड यहाँ उपलब्ध छ ।
उनले पार्कर खेलमा यसभन्दा अगाडि तीनवटा विश्वरेकर्ड कायम गरिसकेका छन् । यो उनको चौथो विश्व रेकर्ड हो । चौथो विश्व रेकर्ड गिनिज बुकले स्वीकार गरेको र प्रमाणपत्र समेत प्राप्त भइसकेको दिनेशले जानकारी दिए ।
ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रालिको सहकार्यमा भिजिट नेपाल २०२० लाई लक्षित गरी पार्कर खेलको छुट्टै विधामा ब्याक फ्लिप्स गर्दै दिनेशले चौथोपटक विश्व रेकर्ड राख्न सफल भएका हुन् । अमेरिकाज गट ट्यालेन्टमा भाग लिन आएका दिनेशले अमेरिकामा अडिसनको रिजल्ट समेत कुरिरहेका छन् ।
पार्कर खेल मार्फत नेपाललाई विश्वसामु चिनाउने थप प्रयत्नको लागि अमेरिकामा आएर विश्व कीर्तिमान राख्नको लागि सहयोग गर्ने सबैलाई दिनेशले धन्यवाद दिएका छन् ।
विश्व रेकर्डका लागि अमेरिकामाको भर्जिनियामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा भर्जिनिया, मेरिल्यान्ड र वासिगटन डिसी लगायतका राज्यबाट नेपालीहरु उपस्थीत रहेका थिए ।
उनले सन् २०१७ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्वरेकर्ड कायम गरेका थिए ।