कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने अधिकांश ६० नाघेकाहरु, अहिलेसम्म हामीलाई जे थाहा छ


प्रकाशित मिति : माघ २१, २०७६ मंगलबार

घातक कोरोना भाइरसका कारण अहिलेसम्म कम्तीमा ४ सय २७ को मृत्यु भइसकेको छ भने २० हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । अहिलेसम्म विश्वका २५ वटा भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अहिलेसम्म कोरोना भाइरस संक्रमणको औषधी पत्ता लागेको छैन । तर केही प्रगतिका संकेतहरु देखिएका छन् । थाइल्याण्डका डाक्टरहरुले एन्टिभाइरलको मिश्रण गरेर दुईजना कोराना संक्रमित बिरामीको सफल उपचार गरेका छन् ।

कोरोना भाइरस संक्रमणका लक्षण रुघाखोकीकै जस्तो हुन्छन् । ज्वरो, खोकी, स्वास फेर्न कठिन हुने जस्ता लक्षणहरु देखिन्छन् । यदि तपाईले हालै चीनको भ्रमण गर्नुभएको थियो र त्यस्ता लक्षणहरु देखिएका छन् भने तुरुन्तै चिकित्सकलाई भेट्न सुझाव दिइएको छ ।

भाइरस व्यक्तिबाट व्यक्तिमा संक्रमण भइरहेको छ । त्यसैले हाछ्यु गर्दा र खोक्दा फैलिने सम्भावना हुन्छ । दिशापिसावबाट पनि संक्रमण हुनसक्ने बताइएको छ । तर हावामा लामोदुरीको यात्रा गरेर भाइरस संक्रमण भएको भने पाइएको छैन ।

कोरोनाको संक्रमण सबै उमेरसमुहका व्यक्तिमा हुन्छ । तर पहिले नै बिरामी भएकाहरु बढी जोखिममा छन् । चीनमा अहिलेसम्म ४२५ को मृत्यु भइसकेको छ जसमध्ये ८० प्रतिशत ६० बर्षभन्दा माथिका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com