एउटा किड्नी फेर्छु अनि तीन वर्ष मज्जाले काम गर्छु– प्रधानमन्त्री ओली


प्रकाशित मिति : माघ २२, २०७६ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको जानकारी दिनुभएको छ । मिडियाका सम्पादकहरुसंगको भेटघाट कार्यक्रमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बताउनुभएको हो ।

उहांले आफु अब तीन वर्ष प्रधानमन्त्री भएर देश चलाउनका लागि किड्नी ट्रान्सप्लान्ट गर्ने निर्णय गरेको बताउनुभयो । लगातार डायलसिस गर्नुभन्दा ट्रान्सप्लान्ट गर्दा नै स्वास्थ्य राम्रो हुने भएकाले आफुले त्यस्तो निर्णय गरेको जानकारी प्रधानमन्त्रीले दिनुभयो ।

१२ वर्ष अगाडी आफन्तको किड्नी ट्रान्सप्लान्ट गरेका प्रधानमन्त्री फेरी अहिले केही महिना यता डायलसिसमा हुनुहुन्छ। ट्रान्सप्लान्ट गरेको किड्नीले काम गर्न छोडेका कारण उहां डायलसिसको सहरामा हुनुहुन्छ।

उहांले यस अघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संग सरकार संचालनका सम्बन्धमा भएको सहमतिमा पनि फेरवदल भएको बताउनुभयो । यस अघि आलोपालो प्रधानमन्त्री बन्ने सहमति प्रचण्ड र ओलीबीच भएको बताइएको थियो ।

तर अहिले प्रचण्डको सहमतिमै आफु ५ वर्षकै लागि प्रधानमन्त्री रहने उहांको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com