जर्मनीको फैंकफर्ट नजिकै गोली चल्यो, कम्तीमा ८ जनाको मृत्यु
प्रकाशित मिति : फाल्गुन ७, २०७६ बुधबार
जर्मन शहर हनाउमा गोली चल्दा कम्तीमा ८ जनाको ज्यान गएको छ । बुधबार बेलुका दुईस्थानमा गोली चलेको जनाइएको छ । प्रहरीले संदिग्धको खोजी गरिरहेको जनाइएको छ ।
प्रहरीले घटनाका पछाडि को छ भन्नेबारे केही पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनाबारे स्थानीयको सहयोग मागेको छ । हनाउ शहर फ्रैंकफर्टबाट १६ माइलमा पूर्वमा पर्छ ।
घटनामा कम्तीमा ५ जना घाइते भएका छन् । प्रहरीले अहिलेसम्म एकजना संदिग्धलाई पक्राउ गरेको छ ।
जर्मनीमा गोलीप्रहारका घटनाहरु निकै दुर्लभ मानिन्छ । जर्मनीमा बन्दुक राख्नु गैरकानुनी होइन तर त्यसका लागि लाइसेन्सको आवश्यकता पर्छ । र लाइसेन्स लिन निकै मुस्किल हुन्छ ।
गत जनवरी २४ मा दक्षिण पश्चिमी जर्मन टाउन रट एम सीमा एकजनाले बुबाआमासहित आफ्नै घरका ६ जनालाई गोली हानेर मारेका थिए । त्यस्तै गत अक्टोबरमा पूर्वी जर्मनीमा भएको गोलीकाण्डमा २ जनाको मृत्यु भएको थियो । त्यसअगाडि सन् २०१६ मा म्युनिक नजिकै भएको एउटा गोलीकाण्डमा जर्मन इरानी टिनएजरले ९ जनाको हत्या गरेका थिए ।