अमेरिकामा बाख्रा भेंडा चराउनेका लागि भिसा र ग्रिनकार्डबारे नयाँ निर्देशिका, जुन १ बाट लागु हुने
प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार
युएससीआईएसले आज एक नीति प्रकाशित गर्दै बाख्रा वा भेंडा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूका लागि अन्य अस्थायी कृषि मजदुरहरू सरह मापदण्ड लागु हुने जनाइको छ । एच टु ए भिसाका बाख्रा वा भेंडा चराउने वा पाल्ने अस्थायी विदेशी कामदारहरूले केवल अस्थायी वा सिजनल कामको परिपूर्तिमात्र गर्न सक्ने कुरा सुनिश्चित गर्न उक्त नीति जारी गरिएको जनाइएको छ ।
भेडाबाख्रा चराउनेहरुका आवेदनहरु पनि अरु अस्थायी वा सिजनल एच टु ए भिसाका आवेदन सरह नै प्रकयामा लगिने भएको छ । यदि आवेदकले भेडाबाख्रा चलाउनेहरुलाई ३६४ दिनका लागि नै बीचमा कुनै छुट्टीविना कामदारका रुपमा राख्न चाहेका खण्डमा त्यस्ता आवेदनहरु अस्वीकार गरिने युएससीआईएसले जनाएको छ । रोजगार दाताले अस्थायी र सिजनल आवश्यकताका रुपमा त्यस्ता कामदार चाहिएको कुरा अनिवार्य पुष्टी गर्नुपर्नेछ ।
एचटुए भिसा अमेरिकामा अस्थायी रुपमा कृषिका क्षेत्रमा कामदार ल्याउनका लागि लक्ष्यित भिसा हो । नयाँ नीतिमा एच टु ए कार्यक्रममा कुनै परिवर्तन ल्याइएको छैन । तर अन्य एच टु ए भिसा सरह नै बाख्रा र भेंडा चराउनेहरुको भिसा पनि प्रकृयामा लौजाने कुरा सुनिश्चित गर्न खोजिएको छ ।
सन् २०२० को जुन १ देखि बाख्रा भेंडा चराउनेहरुको भिसा पनि एच टु एका अन्य अस्थायी कामदार सरह प्रकृयामा लगिने जनाइएको छ । उक्त नीतिका लागि डिसेम्बर १४ सम्म कमेन्ट अवधि राखिएको थियो ।
उक्त अवधिमा प्राप्त कमेन्ट पुनरावलोकन गरिसकेपछि युएससीआईएसले आज एक नीति निर्देशिका प्रकाशित गरेको छ । उक्त नीति निर्देशिकाको पूर्ण पाठ यहाँ पढनुहोला ।
यदि रोजगारदाताको आवश्यकता स्थायी रहेको खण्डमा रोजगारदाताले अमेरिकी कानुन अनुशार कामदारका लागि आप्रवासी भिसाको आवेदन दिनसक्ने युएससीआईएसले प्रस्ट पारेको छ । यदि आवेदकको आवश्यकता स्थायी हो भने ग्रिनकार्ड सहित आप्रवासी भिसामा ल्याउनका लागि अमेरिकाकी कानुनका छुट्टै प्रावधानहरु रहेका छन् ।
यदि त्यस्तो आवेदन स्वीकृत भएमा भेडाबाख्रा चराउने व्यक्ति पनि आप्रवासी भिसामा अमेरिका आउन सक्छ । यदि त्यस्तो व्यक्ति पहिले नै अमेरिकामा छ भने उसले अमेरिकामा ग्रिनकार्डका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ ।
एच टु ए भिसाका लागि अमेरिकाले योग्य देशको सुची प्रकाशित गरेको छ । तर उक्त सुचीमा नरहेकाहरुले पनि यो श्रेणीका लागि आवेदन दिनसक्ने प्रावधान छ । युएससीआईएसले त्यस्ता आवेदन पुनरावलोकन गरेर स्वीकृत गर्नसक्छ । तर योग्य देश र अयोग्य देशका व्यक्तिका लागि आवेदन एउटैमा नभई फरक फरक पेश गर्न युएससीआईएसले सुझाव दिएको छ ।