संक्रमण नभएको पुष्टिपछि फर्केको ‘खुशी’


प्रकाशित मिति : फाल्गुन १९, २०७६ सोमबार

चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । यसको जानकारी खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएकाहरुलाई चिकित्सकले सुनाएका थिए । स्वास्थ्य परीक्षणको रिपोर्ट नेभेटिभ आएको खबर सुने, क्वारेन्टाइनमा बसेकाहरुले ताली बजाएर खुशी साटेका थिए ।

चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहा“ रहेका १७५ जनालाई ४ फागुनमा उद्दार गरिएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर जाने भएका छन् ।

चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जना भने क्वारेण्टाइन बसाई पूरा गरी हिजै घर फर्किएका छन् । उनीहरुलाई नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेण्टाइनमा राखिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com