प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सुरु
प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार
दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया सुरु भएको छ ।
विहान १० बजे अपरेशन थिएटरमा प्रवेश गरी शल्यक्रिया सुरु गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । कम्तिमा ४ देखि ५ घण्टामा अप्रेशन सकिने जानकारी चिकित्सकहरुले दिएको थापाले बताए । अपरान्ह ४ बजेसम्म शल्यक्रिाय सकिने उनको भनाई थियो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको आत्मविश्वास र उच्च मनोबलले शल्यक्रिया सफल र छिटो सम्पन्न हुने विश्वास व्यक्त गरे ।
पहिलो पटक १२ वर्षअघि भारतमा मिर्गाैला प्रत्यारोपण गराएका ओली दाेस्राे पटक प्रत्याराेपण गराउन सोमबार अस्पताल भर्ना भएका थिए । विभिन्न देशका प्रमुखहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन्