इरानका २३ सांसदमा कोरोना भाइरस संक्रमण


प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार

इरानमा २३ जना सांसदमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको उपसभामुख एब्डोलरेजा मेस्रीले बताएका छन् । उक्त संसदमा २९० सदस्यहरु छन् । उनीहरु आफ्ना निर्वाचन क्षेत्रसँग बढी सम्पर्कमा रहेका कारण संक्रमित भएको हुन सक्ने बिबिसी पर्सियनले उल्लेख गरेको छ ।

अहिलेसम्म इरानमा ७७ जनाको मृत्यु भएको र २ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरसको संक्रमणबाट बच्न इरानी सरकारले भीडभाडमा नजान र सरसफाइमा ध्यान दिन नागरिकलाई आग्रह गरेको छ र यसका लागि ३ लाख सैनिक परिचालन गर्ने तयारी गरेको छ ।

इरान महिला र पारिवारिक मामिलाकी उपाध्याक्ष मसुमेह एब्टेकर, पूर्वकानुनमन्त्री मोस्तफा पौरमोहम्मदी, उपस्वास्थ्यमन्त्री इरज हरिर्ची, मेयर मोर्तेजा रहमान्जदेहलगायत वरिष्ठ अधिकारीमा पनि संक्रमण भएको पुष्टि भएको छ ।

यसअघि कोरोना संक्रमणबाटै इरानमा पूर्वराजदूत सैयद हादी खोसरोसाही, फुटबल खेलाडी एल्हाम सेखी, नवनिर्वाचित सांसद मोहम्मद अलि रमाजानी, प्रमुख न्यायाधीशका सल्लाहाकार अहमद त्योस्रकानीको मृत्यु भइसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com