प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
प्रकाशित मिति : फाल्गुन २१, २०७६ बुधबार
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको र त्यो सफल भएको चिकित्सकहरुले बताएका छन् ।
ट्रान्सप्लान्ट सर्जन प्रेम ज्ञवालीले मिर्गौला प्रत्यारोपण सकिएको जानकारी दिनुभयो । उहाका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न सुरु गरेको छ।
‘प्रधानमन्त्री ओलीमा प्रत्यारोपणको काम सकिएको छ,’ उहाले भन्नुभयो ‘प्रत्यारोपण गरेको १५ मिनेट पछि ५ सय एमएल पिसाब पास भएको छ।’