अस्ट्रेलियामा समुद्रमा पौडी खेल्ने क्रममा डुबेर नेपाली विद्यार्थीको मृत्यु


प्रकाशित मिति : फाल्गुन २२, २०७६ बिहीबार

अध्ययनको क्रममा अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीको पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर मृत्यु भएको छ । अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको समुद्रमा पौडी खेल्ने क्रममा डुबेर बुधबार पोखराका निकेस श्रेष्ठको मृत्यु भएको हो ।

फेडेरेसन युनिभर्सिटीमा अध्ययनरत श्रेष्ठ चार जना साथीसँग मिलेर पौडी खेल्न गएका थिए। पौडीकै क्रममा उनलाई छालले बगाएको थियो। साथीहरुले खबर गरेपछि आएका उद्धारकर्मीले उनलाई समुन्द्रबाट निकालेको थियो।

क्वीन्सल्याण्डमा रहेको एउटा समुन्द्री तट

एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले समुन्द्रमा पौडीका क्रममा एक नेपाली विद्यार्थीको मृत्यु भएको जानकारी दिनुभयो ।खड्काले मृत्यु भएको थाहा पाउनासाथ क्विन्सल्यान्ड एनआरएनएले आफन्त, परिवार र प्रहरीसँग समन्वय गरिरहेको बताए। उहांले श्रेष्ठका बारेमा विस्तृत रुपमा बुझ्न काम भइरहेको बताउनुभयो।

श्रेष्ठको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी गरीरहेको खड्काले जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com