मानसिक सन्तुलनठीक नभएकी किशोरीलाई दुई शिक्षकले जबरजस्ती करणी गरेपछि…
प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार
बझाङको दुर्गाथलीमा आफ्नै आफन्त र शिक्षकले मानसिक सन्तुलन ठीक नभएकी किशोरीलाई जबरजस्ती करणी गरेका खुलासा भएको छ ।
पीडित किशोरीले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा आँफूलाई बाजे पर्ने दुर्गाथली गाँउपालिका–४ थलीचौर उच्च माविका शिक्षक शिवराज जोशी र अर्का दाई पर्ने भैरव निमाविका शिक्षक बसन्त ओलीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी छन् ।
स्वास्थ्य परीक्षण गराउँदा उनको पेटमा ८ महिनाको बच्चा हुर्किरहेको मेडिकल रिपोर्ट आएको छ ।
शिक्षकद्वयले करणी गरेको बारेमा कसैलाई बताएमा मारिदिने डर देखाएकाले लामो समयसम्म भन्न नसकेकी पीडित किशोरीको भनाइ छ ।
उनीहरुले आफ्नो कोठामा टिभी हेर्ने बहानामा बोलाएर जबरजस्ती करणी गर्ने गरेको किशोरीको भनाइ छ । ती किशोरी गर्भवती भएकी थाहा भएपछि उनका आफन्तहरुले सोधपुछ गर्न थालेपछि मात्रै यस घटना बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका इन्सपेक्टर नेत्र बोहोराका अनुसार पीडित किशोरीको जाहेरी परेपछि आरोपित दुवै जना रहेका छन् ।
किशोरीलाई अहिले महिला अधिकार मञ्चद्वारा सञ्चालित सेफ हाउसमा राखिएको छ ।