पोखरामा ७१ जना चिनियाँ क्वारेन्टाइनमा
प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार
कोरोनाको त्रास बढिरहेको बेला पोखरामा पनि ७१ जना चिनियाँ कामदारलाई क्वारेन्टाइनमा राखिएको छ । नयाँ वर्ष मनाउन चीन पुगेका केही कामदार तथा चीनबाट काम गर्न आएका नयाँ कामदारलाई कोरोनाको लक्षण परीक्षण गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले क्वारेन्टाइनको व्यवस्था गरेर त्यही राखेको छ ।
चीनबाट नेपाल फर्कने बेलामा स्वास्थ्य परीक्षण गराएर नेपाल आएका कामदारहरुलाई बाटोमा फेरि उच्च जोखिम हुन सक्ने भन्दै क्वारेन्टाइनमा राखिएको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो । निर्माणाधीन यस विमानस्थलमा करिब २८० जना चाइनिज र १९० जना नेपाली कामदारले काम गर्दै आइरहेका छन् ।
चीनको बेइजिङमा मुख्य कार्यालय रहेको निर्माण कम्पनी सीएएमसीई र अपरेशनको टोली सिचुआन प्रन्तको वुहान प्रान्तबाट करीब १२०० किलोमिटर टाढा पर्दछ । उक्त स्थानबाट आएका कामदाहरुलाई शंक्रमणको लक्षण नदेखिएको पनि मुनाकर्मीले बताउनुभयो । ४, ५ र ६ तारिखमा नेपाल भित्रिएका कामदारहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।