एइसईई परीक्षाबारे केही दिनमै टुङ्गो लागाउँछौं : मन्त्री ढकाल


प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एसईई परीक्षा सञ्चालन कहिलेबाट गर्ने भन्ने विषय केही दिनमा नै टुङ्गो लगाउने बताएका छन्। सरकारले  कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतमा सक्ने निर्णय गरेपनि एसईईबारे कोरोनाको महामारीको अवस्था कुन स्तरसम्म पुग्छ १, २ दिन हेरेर मात्र बताउन सकिने उनले बताए।

‘अहिलेसम्म नेपालमा यो संक्रमण भित्रिएको छैन,’ आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले भने, ‘१ देखि ९ कक्षाको परीक्षा सकिएपछि स्कूलहरू बिदा हुन्छन् । यस्तै एसईई परीक्षा सञ्चालन कहिलेबाट गर्ने १, २ दिनमा नै निर्णय गर्ने छौं।’

हालसम्म नेपालमा ४ सय  ६४ जनामा कोरोना परीक्षण गरिएको र कसैमा संक्रमण नदेखिएको उनले बताए। कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले प्रयास गर्दै जनतामा सचेतना जगाउने काम गरिरहेको उनको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com