न्युयोर्क सिटीका विद्यालयहरु अप्रिल २० सम्म बन्द


प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले भोलिदेखि अप्रिल २० सम्मका लागि न्युयोर्क सिटीका विद्यालयहरु बन्दको घोषणा गरेका छन् । न्युयोर्कमा विद्यालय बन्दको घोषणा नगर्दा शिक्षक र अभिभावकबाट मेयर ब्लाजिओले आलोचनाको सामना गर्नुपरेको थियो ।

मार्च २३ बाटै विद्यार्थीहरुलाई टाढैबाट सिकाउने प्रकृयाको सुरुवात हुनसक्ने मेयर ब्लाजिओले बताएका छन् । न्युयोर्कमा कोरोना भाइरस संक्रमितको संख्या ७२९ पुगेको छ भने न्युयोर्क सिटीमामात्र ३२९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

न्युयोर्क राज्यको वेष्टचेस्टरमा १९६ जनामा संक्रमण भएको छ भने नासु काउन्टीमा ९८ जनामा संक्रमण भएको छ । त्यस्तै सफल्क काउन्टीमा ४७ जनामा संक्रमण पुष्टी भएको छ ।

न्युयोर्क सिटीबाहिर अहिलेसम्म २० वटा काउन्टीमा कोरोना संक्रमण पुष्टी भएको छ । अल्बानीमा ८ जनामा र रकल्याण्डमा १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com