अमेरिका र क्यानडामा उबर पुल सेवा खारेज
प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार
उबरले अमेरिका र क्यानडामा उबर पुल सेवा खारेज गरेको छ । यद्यपी उबरको अन्य सेवा भने जारी नै रहेको छ । उबर पुल अरु यात्रुहरुसँगै यात्रा शेयर गर्ने सुविधा हो ।
कोरोना संक्रमणबिरुद्ध लड्न उबरले यो सेवा अहिलेका लागि खारेज गरेको हो । उबरले यात्रुहरुलाई अत्यावश्यक भएमामात्र यात्रा गर्न सुझाव दिएको छ ।
उबरले यात्रुहरुलाई हातधुन, पछाडिको सिटमा मात्र बस्न, खोक्दा र हाछ्यु गर्दा मुख छोप्न र झ्याल सकभर खुल्ला राख्न अनुरोध गरेको छ । उबर इट पनि खुल्ला नै राखिएको उबरले जनाएको छ ।
उबर इटमार्फट खाना खर्डर गर्दा डेलिभरी शुल्क नलिइने भएको छ । उबरले कोरोना संक्रमणसँग जुध्न संक्रमित व्यक्तिको संसर्गमा आएको आशंका भएका कैयनको एकाउन्ट बन्द गरिदिएको छ ।