न्युयोर्क सिटीमामात्र ७३० संक्रमित, राज्यभर १३७४


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

अमेरिकाको न्युयोर्क सिटीमामात्र ७३० जनामा कोरोना संक्रमण पुष्टी भएको न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ हेल्थले जनाएको छ । न्युयोर्क राज्यमा संक्रमितको संख्या १३७४ पुगेको छ ।

न्युयोर्क राज्यमा सबैभन्दा धेरै न्युयोर्कसिटीमा संक्रमित छन् । त्यसपछि वेष्टचेस्टर काउन्टीमा ३८० जना संक्रमित छन् । अल्वानीमा संक्रमितको संख्या २३ पुगेको छ ।

नासु काउन्टीमा १३१ जना र सफल्क काउन्टीमा ८४ जनामा संक्रमण भएको छ । डचेजमा १६, मुनरोमा १०, अरेन्जमा १५, रकल्याण्डमा २२ जनामा संक्रमण भएको छ ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले आज एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै भोलिदेखि अप्रिल १ सम्म राज्यका सबै विद्यालय बन्द हुने घोषणा गरेका छन् । यस अगाडि न्युयोर्क सिटीमा मेयरले सोमबारदेखि विद्यालय बन्द गराइसकेका छन् ।

न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा ५० जनाभन्दा धेरै भेला हुन प्रतिबन्ध लगाइएको छ । न्युयोर्कमा रेष्टुरेण्टहरु बन्द गरिएका छन् भने मनोरञ्जनस्थलहरु बन्द गरिएका छन् ।

कोरोना संक्रमणबाट न्युयोर्कमा १२ जनाको मृत्यु भइसकेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com