वैज्ञानिकले पत्ता लगाए ३० मिनेटमै कोरोना संक्रमण भए नभएको जाँच्ने प्रविधि
प्रकाशित मिति : चैत्र ५, २०७६ बुधबार
वैज्ञानिकले ३० मिनेटमै कोरोना संक्रमण भए नभएको जाँच्ने उपकरणको विकाश गरका छन् । युनिभर्सिटी अफ अक्सफोर्डका बैज्ञानिकहरुले शीघ्र जाँच प्रविधिको विकाश गरेका हुन् । बुधबार जारी वक्तब्यमा यसको पुष्टी गरिएको हो ।
नयाँ विधि अनुशार अहिलेको विधिभन्दा तीनगुणा छिटो कोरोना संक्रमण भए नभएको पत्ता लाग्नेछ । पहिलेको विधि अनुशार कोरोना संक्रमण भए नभएको जाँच्न २ घण्टा लाग्ने गरेको जनाइएको छ ।
यो शोधको सुरुवात चीनमा थप शोधका लागि अक्सफोर्ड सुजोउ केन्द्रले गरेको थियो । वैज्ञानिकहरु घरमै, एयरपोर्टमा र क्लीनिकहरुमा समेत कोरोना संक्रमण जाँच्न सकिने प्रविधिको विकाशमा लागिपरेका छन् ।
अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या २ लाख १७ हजार ३ सय २१ पुगेकोछ । संक्रमितमध्ये ८ हजार ९ सय १७ को मृत्यु भइसकेको छ ।