अमेरिकाभर कोरोना संक्रमित झण्डै साढे ११ हजार, न्युयोर्कमामात्र ४१५२
प्रकाशित मिति : चैत्र ६, २०७६ बिहीबार
अमेरिकाभर कोरोना भाइरस संक्रमितको संख्या ११ हजार ४ सय १३ पुगेको छ भने मृतकको संख्या १७१ पुगेको छ । अहिलेसम्म अमेरिकाका सबै राज्य र भूभागमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
न्युयोर्कमामात्र संक्रमितको संख्या ४१५८ पुगेको छ । डिपार्टमेन्ट अफ हेल्थको तथ्यांक अनुशार न्युयोर्क सिटीमामात्र संक्रमितको संख्या २४६९ पुगेको छ ।
न्युयोर्क राज्यले सार्वजनिक गरेको तथ्यांक यहाँ हेर्नुहोला ।
२४ घण्टाको अवधिमा न्युयोर्कसिटीमा संक्रमितको संख्या ११३० ले बढेको हो । हिजो दिउसोसम्म न्युयोर्क सिटीमा १३३९ मा संक्रमण पुष्टी भएको थियो ।
न्युयोर्क राज्यमा मृतकको संख्या २१ पुगेको छ । वासिंटन राज्यमा संक्रमितको संख्या ११८७ पुगेको छ भने मृतकको संख्या ६८ पुगेको छ । क्यालिफोर्नियामा संक्रमितको संख्या ८९० पुगेको छ भने १७ जनाको मृत्यु भएको छ ।
वर्ल्ड ओ मिटरले सार्वजनिक गरेको तथ्यांक यहाँ हेर्नुहोला ।
अमेरिकाका ५० राज्यहरुमध्ये २४ राज्यमा संक्रमितहरुको मृत्यु भएको छ । सबैभन्दा धेरै संक्रमित न्युयोर्क राज्य र त्यसमा पनि न्युयोर्क सिटीभित्र रहेका छन् ।
कोरोनाबारे न्युयोर्क सिटीबाट नेपाली भाषामा निर्देशिका : बच्न के गर्ने ? बिरामी भए के गर्ने ?
लङ आइल्याण्डका नासु र सफल्क काउन्टीमामात्र ५५० जना संक्रमित भएका छन् । न्युयोर्क राज्यमा पहिलोपटक संक्रमण देखिएको वेष्टचेस्टर काउन्टीमा संक्रमितको संख्या ७९८ पुगेको छ ।
शुक्रबारदेखि अमेरिका लगायत विश्वभरबाट नेपाल जानमा यात्रा प्रतिबन्ध