पाटन अस्पतालमा मृत्यु भएका ब्यक्तिको रिपोर्ट नेगेटिभ
प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार
पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । सोमबार मृत्यु भएका धादिङका ती युवकको कोरोना संक्रमणसम्बन्धी परीक्षणको नतिजा मंगलबार प्राप्त भएको हो । मृत्यु भएका ब्यक्तिको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिनुभयो ।