कोरोना : भाडामा बस्‍ने नर्स निकालेको आरोपमा घरबेटी पक्राउ


प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार

घोराहीमा एकजना वडा सचिवले आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरबाट निकालेपछि प्रहरीले घरबेटीलाई पक्राउ गरेको छ । कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरबाट निकालेको खुल्न आएपछि जिल्ला प्रशासन कार्यालय दाङले घरबेटीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको थियो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराइले सञ्चारमाध्यममा समाचार आएपछि आफै चासो ब्यक्त गर्दै डेराबाटै नर्स निकालेको आरोपमा घरवेटी घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यले पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रहरीले घरबेटी आचार्यलाई समातेर ल्याइसकेको र कानून बमोजिम कारबाही हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी २० वर्षीया सिर्जना खड्कालाई घरबाट निकालेको भन्दै प्रहरीले घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी नारायण आचार्यलाई पक्राउ गरेको हो ।

मंसिरदेखि कोठा भाडामा बस्दै आएकी खड्का चैत १५ देखि कोठा भाडामा बस्न नपाएको गुनासो आएको थियो । उनले हाल होटेलमा बस्दै आएको बताएकी छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com