‘अमेरिका र अष्ट्रेलियाका नेपालीको हाेइन ,अलपत्र मजदुरको चिन्ता गरिबक्स्योस् महामहिम ज्यू ‘ : सांसद झाँक्री


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले लकडाउनका कारण अलपत्र मजदुरहरुको पक्षमा बोल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिनुभएको छ ।

लकडाउनका कारण नेपाल भारत सीमा तथा देशभित्रै विभिन्न ठाउँमा बाटोमा अलपत्र परेका मजदुरहरुलाई ‘व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की ? ’ भन्दै संसाद झाँक्री राष्ट्रपति भण्डारी लाई सुझाव दिनुभएकाे हाे ।

अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, जापान, कोरियालगायत विकसित मुलुकका नेपालीभन्द पनि अलपत्र परेका मजदुरहरुकाे चिन्ता गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएकाे छ ।

उहाँ लेख्नु हुन्छ, ‘सिधा कुरा : महामहिम ! अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, जापान, कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्स्योस। नेपालका विभिन्न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन्। व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की ? ’

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com