कुवेतमा रहेका नेपालीमा कोरोना संक्रमण


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

कुवेतमा एक जना नेपाली कामदार विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित भएका छन् । उनमा बुधबार संक्रमण भएको पत्ता लागेको हो ।

कुवेतमा २८ जना संक्रमित पहिचान भएको र त्यसमध्य एकजना नेपाली कामदारमा पनि देखिएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कुवेतमा कोरोना संक्रमितको संख्या ३ सय १७ पुगेको छ भने ८० जना निको भएर घर फर्किसकेका छन्। त्यस्तै २ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय छ ।

हाल १४ जनाको अवस्था गम्भीर रहेको वल्र्डाेमिटर्स इन्फोले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com