स्वास्थ्यका मापदण्डहरु पूरा गरे उद्योगहरु चलाउन अनुमति दिने,सीमामा अलपत्र नेपालीलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने


प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार

भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने भएको छ ।

कोरोना भाइरसविरुद्धको उच्चस्तरीय समितिको बैठकले अलपत्र परेका नेपालीले क्वारेन्टाइनमा बसेर संक्रमण नभएको देखिएपछि मात्रै नेपाल आउन दिने निर्णय गरेको हो ।

बैठकले सीमा नाकालाई भने तत्काल आवत–जावतका लागि खुला नगर्ने निर्णय गरेको छ । धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन्, भने भारतीय नागरिकहरु पनि घर फर्किन भन्दै वीरगञ्जमा पुगेका छन् । तर नेपाल र भारतबीच सीमा नाकाबाट आवत–जावत नखोल्ने र क्वारेन्टाइन बनाएर राख्ने सहमति भएको थियो ।

यस्तै, बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय समेत गरेको छ । उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पूरा गरेर चलाउने दिने मन्त्री खतिवडाले जानकारी दिनुभयो । यस्तै, अरु उद्योगहरुले आवासीय मजदुरहरु राखेर चलाउन चाहे स्थानीय प्रशासनले अनुमति दिन सक्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com