लकडाउन उल्लंघन गर्ने १५ सय २० जनालाई सडकमै गरियो यस्तो !


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

सरकारले लकडाउन घोषणा गरेको १४ दिन भएको छ । लकडाउनको समय दिउँसो त सडक सुनसान नै देखिन्छ । तर, प्रत्येक बिहान मानिसको चहलपहल बाक्लै हुन थालेको छ । तरकारी किन्नेदेखि मर्निङकसम्मको कारण देखाउँदै मानिसहरु सडकमा निस्कन्छन् ।

बिहानैदेखि सडकमा खटिएका सुरक्षाकर्मीलाई त्यसरी लकडाउन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेको बताएका छन् । प्रहरीको तथ्याङ्क अनुसार प्रत्येक बिहान १ सय देखि २ सय मानिस थपिने क्रम बढेको छ । सोमबार बिहान ८ बजेसम्ममा १५ सय २० जना मानिसलाई सडकमा होल्ड गराइएको थियो ।

जसमध्य एघार सय ६९ जना पुरुष र तीन सय ५१ जना महिला रहेका छन् । प्रहरीले ६ दिनअघि यही समयमा नियन्त्रणमा लिएको मानिसको संख्या भने ११ सय ५८ थियो ।

जसमा ९ सय ९० पुरुष र १ सय ६८ जना महिला थिए । त्यसपछि आइतवार मात्र १२ सय ८८ जना नियन्त्रणा लिएको थियो । यो तथ्याङ्क उपत्यकाभरिको हो ।प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा बनाएको होल्डिङ एरियामा तीन घण्टासम्म उभ्याएर र बसाएर राख्ने गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com