एनआरएनए न्यूजर्सीद्वारा ४८ नेपाली विद्यार्थीलाई राहत बितरण


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

– न्यूजर्सी 
एनआरएनए न्यूजर्सी च्याप्टरको पहलमा एनआरएनए एन.सी.सी को सहयोगमा न्यूजर्सी राज्यमा ४८ जना नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको छ ।
न्यूजर्सी च्याप्टरका अध्यक्ष समर बूढाथोकीका अनुसार ग्रोसरी, मेडिसिन, मास्क, गलब्स लगायतका राहत सामग्रीहरू वितरण गरिएको खसोखासलाई बताए ।
एनआरएनए आई.सी.सी सदस्य एवं जर्सीसिटी मेयरका सल्लाहाकार डा. बिष्णुमाया परियार क्षेत्रीय समंयोजक संजीब श्रेष्ठ, एन.सी.सी सल्लाहाकार सत्येन्द्र शाह च्याप्टर अध्यक्ष समर बूढाथोकीको उपस्थितिमा राहत बितरण गरिएको हो ।

 

 

 

 

बिपतकाे बेलामा नेपाली विद्यार्थीहरू माझ सहयोग पुराउन सकीएको मा अध्यक्ष समर ले खुसी व्यक्त गर्दै राज्यभर कोरोनाबाट प्रभावित हरेक नेपालीहरू को समस्यालाई समाधान गर्न कोसिस गरिरहेको बताए । कुनै समस्या परे मलाई सिधै वा च्याप्टरका अन्य साथीहरूलाई सम्पर्क गर्न अनुरोध समेत गरे ।

एनआरएन पूर्वउत्तर क्षेत्रीय कोभिड १९ का संयोजक संजीव श्रेष्ठले सम्पूर्ण नेपाली समुदाय सबैसंग सम्पर्कमा रहेको र आवश्यक सहयोगका लागी एनआरएन पूर्वउत्तर क्षेत्रीय समिति तयारी अवस्थामा रहेको बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com