आजदेखि न्युयोर्कमा बेरोजगारी विमा फाइलको नयाँ प्रकृया, फोन नलागेकाले के गर्ने ?


प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार

“आवेदन दिने बेलामा फोन गर्न सुझाव पाएका न्युयोर्कबासीहरुलाई फोन नगर्न भनिएको छ । अब डिपार्टमेन्ट अफ लेवरले आफै ७२ घण्टाभित्र फोन गर्नेछ । साथै नयाँ आवेदकलाई नयाँ अनलाइन आवेदन प्रणाली प्रयोग गर्न सुझाव दिइएको छ ।”

आजदेखि न्युयोर्कमा बेरोजगारी विमा फायल गर्ने नयाँ प्रकृया सुरु गरको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ । डिपार्टमेन्ट अफ लेबरमा कम्युनिकेशन विभागकी डेपुटी डाइरेक्टर डिअन्ना कोहेनले उक्त जानकारी दिएकी हुन् । कोरोनाको महामारीका कारण वेरोजगारी विमाका आवेदनमा अप्रत्यासित बृद्धि भएपछि गुगल क्लाउड र भेराइजन लगायतको सहकार्यमा प्राविधिक स्तरबृद्धि समेत गरिएको छ । अब अनलाइन र फोनमार्फत दिइने बेरोजगारी विमाका आवेदनहरु प्रकृयामा लैजाने विषयमा सुधार हुने अपेक्षा गरिएको छ ।

आजदेखि भित्राइएको नयाँ प्रविधि अनुशार डिपार्टमेन्ट अफ लेवरले आवेदन प्रकृयामा लैजाने र स्वीकार्ने क्षमतामा विकाश हुने भएको छ । अब नयाँ, सहज र धेरै विश्वसनीय अनलाइन आवेदन प्रणालीको विकाश गरिएको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

न्युयोर्कबासीहरुलाई अब नयाँ आवेदन प्रणाली प्रयोग गर्न प्रेरित गरिएको छ । नयाँ प्रणालीले सुरुदेखि अन्त्यसम्ममा अधिकतम आवेदनहरुलाई ह्याण्डल गर्नसक्ने र जसका कारण आवेदकले फोन गर्ने आवश्यकता नहुने जनाइएको छ ।

यसका अतिरिक्त डिपार्टमेन्ट अफ लेबरले आवेदकलाई कल ब्याक गर्ने प्रणाली लागु गर्न लागेको छ । पहिले नै फाइल गरेका बेरोजगारी विमा आवेदनका लागि थप कागजात आवश्यक परेमा कर्मचारीहरुले आवेदकलाई ७२ घण्टाभित्र आफै कलब्याक गर्ने भएका छन् ।

जस अनुशार पूरानो प्रणाली अन्तरगत फाइल गरेका र आवेदन पेश गरिसकेपछि फोन गर्न सुझाव दिइएका आवेदकले फोन गर्नु नपर्ने भएको छ । थप कागजात चाहिएमा डिपार्टमेन्ट अफ लेबरकै कल सेन्टरबाट उनीहरुलाई कल ब्याक आउनेछ ।

नयाँ प्रणालीको विकाश गर्नका लागि आज बेलुका बेरोजगारी विमा आवेदन दिने अनलाइन केहीबेर अबरुद्ध समेत भएको थियो । विगतको तुलनामा न्युयोर्कमा कोरोनाको महामारीपछि बेरोजगारी विमा समद्ध फोनकलमा १६ सय प्रतिशत बृद्धि भएको र अनलाइनका ट्राफिकमा पनि १६ सय प्रतिशत बृद्धि भएको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

नयाँ र सजिलो आवेदन प्रकृयाका लागि गुगल क्याउडले सहकार्य गरेको छ । नयाँ आवेदनमा आवेदकले बीचमै आवेदन छाड्नपरेमा पछि त्यहीबाटै पुनसुरुवात गर्न सक्नेछन् । सुरुवाटै फर्म भर्नुपर्ने बाध्यता हुनेछैन । स्मार्टफोन, ट्याबलेट र ल्यापटपबाट समेत फाइल गर्न सहज बनाइएको छ ।

भेराइजनले डिपार्टमेन्ट अफ लेवरका फोन पोर्टहरु बृद्धि गरेको छ । १७५० कलसेन्टरबाट बृद्धि गरेर यो साताको अन्त्यसम्ममा १० हजार फोनपोर्टहरु बनाइने भएको छ । जसका कारण कल सेन्टरहरुको क्षमतामा बृद्धि हुनेछ ।

पूरा नभएका आवेदनका सन्दर्भमा डिपार्टमेन्ट अफ लेवरले आफै कलब्याक गर्ने भएकाले आवेदकलाई फोन नगर्न सुझाव दिइएको छ । पूर्णरुपमा आवेदन भरेकाहरुले डिपार्टमेन्ट अफ लेवरमा कल गर्न आवश्यक छैन । विगतको तुलनामा टेलिफोन आवेदन सेन्टरमा कर्मचारीहरु बढाएर १ हजार पुराइएको छ । विगतमा जम्मा ४ सय कर्मचारीहरुले यो काम गर्दै आएका थिए । अरु १२ सय कर्मचारीहरु थप्न लागिएको छ ।

गतसाता डिपार्टमेन्ट अफ लेवरले एक सुचना जारी गर्दै ढिलो भयो भनेर नआत्तिन आवेदकलाई अनुरोध गरेको थियो । ढिलो भएपनि उनीहरुले प्राप्त गर्ने सबै रकम पठाइने भन्दै ढिलो भएमा वा अनलाइनमा समस्या भएमा नआत्तिन सुझाव दिइएको थियो ।

यसका अतिरिक्त न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले काम गुमाएका हरेक न्युयोर्क निवासीलाई अतिरिक्त हप्ताको ६ सय डलर पाउने सुविधा उपलब्ध गराउन डिपार्टमेन्ट अफ लेवरलाई निर्देशन दिएका छन् । उक्त अतिरिक्त रकम संघीय केयर एक्टमा समावेश गरिएको रकम हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com