न्युयोर्कमा बेरोजगार विमाको नयाँ आवेदन, पहिले फाइल गरेकालाई नयाँ फाइल नगर्न सुझाव


प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार

न्युयोर्कमा बेरोजगार विमाबाट पाउने रकम दावी गर्नका लागि डिपार्टमेन्ट अफ लेबरले नयाँ आवेदन प्रकृया सुरुवात गरेको छ । तर पहिले नै आवेदन दिइसकेकाहरुलाई भने पुन नयाँ आवेदन नदिन सुझाव दिइएको छ ।

कोरोनाको महामारीका कारण वेरोजगारी विमाका आवेदनमा अप्रत्यासित बृद्धि भएपछि पुरानो सिस्टम ओभरलोड भएका कारण गुगल क्लाउड र भेराइजन लगायतको सहकार्यमा नयाँ प्रणाली बनाइएको हो । नयाँ प्रणाली अनुशार अब अनलाइन र फोनमार्फत दिइने बेरोजगारी विमाका आवेदनहरु प्रकृयामा लैजाने विषयमा सुधार हुने अपेक्षा गरिएको छ ।

पहिले आवेदन दिने बेलामा फोन गर्न सुझाव पाएका न्युयोर्कबासीहरुलाई लेबर अफ डिापर्टमेन्टमा फोन नगर्न भनिएको छ । अब डिपार्टमेन्ट अफ लेवरले आवश्यक परेमा आफै आवेदकलाई ७२ घण्टाभित्र फोन गर्नेछ । साथै नयाँ आवेदकलाई नयाँ अनलाइन आवेदन प्रणाली प्रयोग गर्न सुझाव दिइएको छ ।

नयाँ आवेदन प्रणालीबाट फाइल गर्न यहाँ क्लिक गर्नुहोला ।

नयाँ आवेदन प्रणाली अनुशार अनुशार डिपार्टमेन्ट अफ लेवरले आवेदन प्रकृयामा लैजाने र स्वीकार्ने क्षमतामा विकाश गरिएको छ । नयाँ प्रणालीले सुरुदेखि अन्त्यसम्ममा अधिकतम आवेदनहरुलाई ह्याण्डल गर्नसक्ने र जसका कारण आवेदकले फोन गर्ने आवश्यकता हुँदैन ।

यदि तपाईले पहिले आवेदन दिइसक्नुभएको छ भने नयाँ वेवसाइटबाट आवेदन नदिनहोला । पहिले नै दिएको आवेदन हेर्न र साप्ताहिक रकम दावी गर्न यहाँ क्लिक गर्नुहोला ।

विगतको तुलनामा न्युयोर्कमा कोरोनाको महामारीपछि बेरोजगारी विमा समद्ध फोनकलमा १६ सय प्रतिशत बृद्धि भएको र अनलाइनका ट्राफिकमा पनि १६ सय प्रतिशत बृद्धि भएको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

नयाँ र सजिलो आवेदन प्रकृयाका लागि गुगल क्याउडले सहकार्य गरेको छ । नयाँ आवेदनमा आवेदकले बीचमै आवेदन छाड्नपरेमा पछि त्यहीबाटै पुनसुरुवात गर्न सक्नेछन् । सुरुवाटै फर्म भर्नुपर्ने बाध्यता हुनेछैन । स्मार्टफोन, ट्याबलेट र ल्यापटपबाट समेत फाइल गर्न सहज बनाइएको छ ।

भेराइजनले डिपार्टमेन्ट अफ लेवरका फोन पोर्टहरु बृद्धि गरेको छ । १७५० कलसेन्टरबाट बृद्धि गरेर यो साताको अन्त्यसम्ममा १० हजार फोनपोर्टहरु बनाइने भएको छ । जसका कारण कल सेन्टरहरुको क्षमतामा बृद्धि हुनेछ ।

विगतको तुलनामा टेलिफोन आवेदन सेन्टरमा कर्मचारीहरु बढाएर १ हजार पुराइएको छ । विगतमा जम्मा ४ सय कर्मचारीहरुले यो काम गर्दै आएका थिए । अरु १२ सय कर्मचारीहरु थप्न लागिएको छ ।

गतसाता डिपार्टमेन्ट अफ लेवरले एक सुचना जारी गर्दै ढिलो भयो भनेर नआत्तिन आवेदकलाई अनुरोध गरेको थियो । ढिलो भएपनि उनीहरुले प्राप्त गर्ने सबै रकम पठाइने भन्दै ढिलो भएमा वा अनलाइनमा समस्या भएमा नआत्तिन सुझाव दिइएको थियो ।

यसका अतिरिक्त न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले काम गुमाएका हरेक न्युयोर्क निवासीलाई अतिरिक्त हप्ताको ६ सय डलर पाउने सुविधा उपलब्ध गराउन डिपार्टमेन्ट अफ लेवरलाई निर्देशन दिएका छन् । उक्त अतिरिक्त रकम संघीय केयर एक्टमा समावेश गरिएको रकम हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com