न्युयोर्कमा पवन मल्लको निधनपछि दुईछोरीको पढाईमा सहयोगका लागि अपिल


प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार

न्युयोर्कमा कोरोना संक्रमणबाट ज्यान गुमाएका नेपाली पवन मल्लका नेपालमा रहेका दुई छोरीहरुलाई सहयोगका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ । झण्डै तीनसातादेखि बिरामी मल्लको हिजो विहान बस्दै आएको अपार्टमेन्टमा नै निधन भएको थियो ।

यदि तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

नेपालमा रहेका दुई छोरीहरु आर्थिक रुपमा मल्लप्रति नै आश्रित रहेका छन् । मल्लको अल्पायुमै भएको निधनले उनका छोरीहरुको पढाईमा सहयोग गर्ने व्यक्ति नभएकाले सहयोगका लागि अपिल गरिएको हो । ती छोरीहरुलाई अहिले हजुरबुबा र हजुरआमाले पालिरहेका छन् ।

न्युयोर्कको उडसाइमा बस्दै आएका बस्दै आएका ४४ बर्षिय मल्ल सन् २०१२ मा अमेरिका आएका थिए । मल्लले केही समय पहिले न्युयोर्कमा समेत ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे । उनी नेपाल प्रहरीको असई समेत थिए ।

न्युयोर्कमा एकमहिनाको अवधिमा ८ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भईसकेको छ । मृतकमध्ये चार जनाको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि गरिएको छ भने अन्य ३ जनाको मृत्युको कारण खुलाइएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com