कोरोना महामारी : अमेरिकामा कस्तो सुविधा पब्लिक चार्जमा गणना हुँदैन ?


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

अमेरिकामा कोरोनाको महामारीपछि सरकारले विभिन्न खाले सुविधाहरु उपलब्ध गराएको छ । तर आप्रवासीहरु पब्लिक चार्जमा परेर भविश्यमा ग्रिनकार्डका लागि अयोग्य भइने हो कि भनेर त्यस्ता कैयन सुविधा लिनका लागि डराइरहेका छन् ।

हामीले कुन कुन सुविधा पब्लिक चार्जमा पर्दैन भन्नेबारे पाठकलाई जानकारी गराउन चाहन्छौं ।

कोभिड टेस्ट, उपचार र सम्भावित भ्याक्सिन

विदेशी नागरिकहरु पनि कोभिड १९ को टेस्ट, उपचार र सम्भावित भ्याक्सिनका लागि योग्य हुन्छन् । कोभिड १९ को टेस्ट गराउँदा, उपचार गर्दा र सम्भावित भ्याक्सिन प्रयोग गर्दा पब्लिक चार्जमा परिदैन । कोभिड १९ को टेस्ट, बिरामी भएपछि उपचार र उपलब्ध भएपछि भ्याक्सिनको प्रयोग पब्लिक चार्ज निर्धारण भित्र नपर्ने युएससीआईएसले नै यसबारे स्पष्ट पारेको छ ।

राहत चेक

अमेरिकी सरकारले हरेक करदातालाई १२ सय डलरको राहत रकम उनीहरुको खातामा डिपोजिट गर्न सुरु गरिसकेको छ । तर यो रकम प्राप्त गरेका वा गर्ने चरणमा रहेका कैयन करदाताहरु इो रकम लिंदा पब्लिक चार्जमा परिने हो कि भन्ने चिन्तामा समेत छन् ।

तर कोरोना महामारीका कारण उत्पन्न आर्थिक समस्यासँग जुध्नका लागि लिइने यो राहत पब्लिक चार्जमा पर्दैन । यो राहतलाई ट्याक्स क्रेडिटका रुपमा ब्याख्या गरिएको छ । पब्लिक चार्जको नियममा कमाएको आम्दानीको ट्याक्स क्रेडिट, बच्चाबच्चीको ट्याक्स क्रेडिट लगायतका ट्याक्स क्रेडिट पब्लिक चार्जमा नपर्ने स्पष्ट छ ।

बेरोजगारी सुविधा

त्यस्तै बेरोजगारी सुविधा लिंदा पब्लिक चार्जमा परिने र भविश्यमा ग्रिनकार्डका लागि अयोग्य भइने हो कि भन्ने चिन्ता अझबढी रहेको छ । बेरोजगारी विमाको रकम कसकसले पाउने भन्नेबारे राज्यअनुशार फरक फरक नियम छ । तर कुनै आप्रवासीले यो रकमको लागि आवेदन दिएमा वा प्राप्त गरेमा पब्लिक चार्जमा गणना हुँदैन ।

पब्लिक चार्जका नियममा स्पष्टसँग भनिएको छ कि राज्यबाट प्राप्त हुने बेरोजगारी विमा रकम पब्लिक चार्जमा पर्दैन । बेरोजगारी बिमाको रकम आफूले कमाएको सुविधाका रुपमा लिइन्छ ।

त्यसैले पब्लिक चार्जमा पर्ने डरविना यी सुविधाका लागि योग्य हुनुहुन्छ भने ढुक्कसँग लिनुहोला । थप कानुनी सल्लाह आवश्यक परेमा लाइसेन्स प्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com