न्युयोर्कमा महामारी बेरोजगारी सहायताको व्यवस्थीत आवेदन सुरु, पेन्डिङ हुनेले के गर्ने ?


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

न्युयोर्कको डिपार्टमेन्ट अफ लेबरले सोमबारदेखि महामारी बेरोजगारी सहायता पीयुएको व्यवस्थीत आवेदन सुरु गरेको छ । यो आवेदन पहिलेको तुलनामा छिटो र प्रभावकारी तरिकाले फाइल गर्न सकिने डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण काम गुमाएका तर नियमित बेरोजगारी विमा रकमका लागि योग्य नभएकाहरु यो आवेदनका लागि योग्य हुनेछन् । स्वतन्त्र ठेकेदारहरु, सेल्फ इम्प्लोयडहरु, उबर चालकहरु ल्गायत एप्लीकेशनमा आधारित कम्पनीहरुमा कामगर्नेहरु, किसानहरु, कोभिड १९ बाट संक्रमितहरु र लक्षण देखिएका कारण उपचार खोजिरहेकाहरु, कोरोना संक्रमितका परिवारका सदस्यहरु, कोरोना संक्रमितको रेखदेख गरिरहेकाहरु लगायत यो सुविधाका लागि योग्य हुनेछन् ।

यो आवेदन दिनका लागि लेबर डिपार्टमेन्टको नयाँ वेवसाइटमा क्लिक गर्नुहोला । एप्लीकेशनमा तपाईले नियमित बेरोजगारी विमा आवेदन दिने वा पीयुए आवेदन दिने भन्ने निर्धारण हुनेछ । डिपार्टमेन्ट अफ लेवरले तपाईको आवेदन प्रकृयामा लैजानेछ र आवश्यक परे तपाईलाई सम्पर्क गर्नेछ । तपाईले 888 209 8124 मा फोन गरेर अटोमेटेड प्रणाली अन्तरगत पनि आवेदन दिन सक्नुहुनेछ । डिपार्टमेन्ट अफ लेवरले तपाईको आवेदन प्रकृयामा लैजानेछ र आवश्यक परे तपाईलाई सम्पर्क गर्नेछ ।

यदि तपाईले पहिले नै पीयुए आवेदन दिनुभएको छ भने तपाईले कुनै कदम चाल्नुपर्दैन । डिपार्टमेन्ट अफ लेवरले तपाईको आवेदन प्रकृयामा लैजानेछ र आवश्यक परे तपाईलाई सम्पर्क गर्नेछ । यदि तपाईको पीयुए स्वीकृत भएमा तपाईको राहत रकम तपाईको तत्कालै गरेको आम्दानीको आधारमा हुनेछ । त्यसका अतिरिक्त तपाईले साप्ताहिक ६ सय डलर पनि प्राप्त गर्नुहुनेछ ।

यदि तपाईको बेरोजगारी विमाको रकमको आवेदन पेन्डिङ अवस्थामा रहेको छ भने यसको अर्थ डिपार्टमेन्ट अफ लेबरले तपाईको आवेदन प्रकृयामा लगिरहेको भन्ने हुन्छ । हरेक आवेदनहरु फरक हुने र आवेदकले उचित रकम पाउने सुनिश्चित गर्नुपर्ने भएकाले हरेक आवेदनमा पुनरावलोकन आवश्यक हुने डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

आफूहरुले हरेक आवेदनहरु प्रकृयामा लैजानका लागि र हरेक न्युयोर्कबासीलाई यथाशीघ्र सुविधा दिलाउनका लागि अहोरात्र खटिरहेको डिपार्टमेन्ट अफ लेबरले जनाएको छ । बेरोजगारी विमाको रकम र पीयुएको रकम जुनदिनदेखि काम गुमाएको हो, त्यही दिनदेखि नै गणना गरेर प्रदान गरिने डिपार्टमेन्ट अफ लेबरले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com