ट्रम्पको ६० दिने आप्रवासन रोकको असर कस्ता नेपालीलाई पर्छ ? कस्तोलाई पर्दैन ? (भिडियो)


प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिन आप्रवासनमा रोक लगाएपछि त्यसको ठूलो मार नेपाली डिभी विजेतालाई परेको छ । किनभने हाल डिभी लोटरीमार्फत अमेरिकामा सबैभन्दा धेरै आप्रवासी आउनेमा नेपाल विश्वमै टप फाइभमा पर्छ । जो व्यक्ति अमेरिकाबाहिर रहेको छ, जसले आजको मितिसम्म आप्रवासी भिसा प्राप्त गरेको छैन, ट्राभल डकुमेन्ट प्राप्त गरेको छैन, त्यस्ता व्यक्तिलाई ६० दिनभित्र अमेरिका आउन रोक लगाइनेछ । तर ग्रिनकार्ड भएका व्यक्तिलाई भने रोक लाग्नेछैन ।

अरु कसकसलाई असर पार्छ ? परिवार र रोजगारमा आधारित ग्रिनकार्डमा आउनेलाई के असर गर्छ ? अमेरिकाबाहिर रहेका ग्रिनकार्डवाहक अमेरिका प्रवेश गर्न पाउँछन् वा पाउँदैनन् ?

 

सम्पूर्ण ब्याख्या अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसीबाट ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com