मे महिनाको भिसा बुलेटिन जारी, जुनमा नेपाल र इजीप्टलाईमात्र डिभीमा सिमाबन्दी


प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज मे महिनाका लागि भिसा बुलेटिन जारी गरेको छ । ढिलो गरी जारि गरेको भिसा बुलेटिनमा चीन र भारतबाहेक विश्वका सबै मुलुकका लागि मे महिनाका लागि रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड करेन्ट रहेको छ ।

त्यस्तै रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्डपनि चीन र भारतबाहेक अरु देशका लागि करेन्ट रहेको छ । युएससीआईएसले पनि आजै सुचना जारी गरेर भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटलाई फाइलिङ मितिका रुपमा सदर गर्ने उल्लेख गरेको छ ।

अमेरिकी ग्रिनकार्डवाकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुका सन्दर्भमा पनि मे महिनामा भिसा करेन्ट रहेको छ । ग्रिनकार्डवाकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीका सन्दर्भमा युएससीआईएसले भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई फाइलिङ मितिका रुपमा सदर गरेको छ । तर परिवारमा आधारित अन्य श्रेणीको ग्रिनकार्डका सन्दर्भमा भने भिसा बुलेटिनको फाइलिङ मितिलाई नै युएससीआईएसले फाइलिङ मितिका रुपमा सदर गरेको छ ।

मे महिनाका लागि डिभी विजेता नेपालीहरुका लागि केस नम्बर ११ हजार ७ सयसम्म तोकिएको छ भने जुन महिनाका लागि नेपालीहरुलाई केस नम्बर १३ हजार ५ सय सम्म तोकिएको छ । जुनमा इजीप्ट र नेपालबाहेक अरु कुनै पनि देशका डिभी विजेताहरुलाई सिमाबन्दी लगाइएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com