मेरिल्याण्डमा आजदेखि नियमित बेरोजगार विमाका लागि योग्य नहुनेलाई समेत नयाँ आवेदन


प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार

मेरिल्याण्डमा आजदेखि नियमित बेरोजगार विमाका लागि योग्य नहुनेलाई नयाँ फर्मको व्यवस्था गरिएको छ । स्वतन्त्र ठेकेदार, उबर चालक, सेल्फ इम्प्लोयड र कामको प्रयाप्त इतिहास नभएकाहरुले पनि यो फर्म भरेर बेरोजगारी सहायता रकमका अतिरिक्त साप्ताहिक ६ सय डलर संघीय महामारी बेरोजगारी क्षतिपूर्ति रकम प्राप्त गर्नसक्नेछन् ।

सामान्यतया बेरोजगारी विमाका लागि योग्य नभएका तर कोरोनाको महामारीका कारण कामगर्न नसकेकाहरुले अधिकतम ३९ हप्तासम्म पीयुए सुविधा पाउनेछन् । तर संघीय रुपमा प्राप्त गर्ने साप्ताहिक ६ सय डलर भने जुलाई ३१ सम्ममात्र प्राप्त गर्नेछन् ।

आजदेखि आवेदन दिनका लागि मेरिल्याण्ड राज्यले नयाँ सुव्यवस्थीत आवेदन प्रणाली सुरु गरेको छ । यो प्रणाली अन्तरगत नियमित बेरोजगारी विमा फाइल गर्न पनि सकिन्छ भने नियमित बेरोजगारी विमाका लागि योग्य नभएकाहरुले पनि यो फाइल गर्नसक्नेछन् । अर्थात् हरेक प्रकारका आवेदनका लागि एउटै फर्म बनाइएको छ ।

आज नयाँ आवेदन प्रणाली लागु भएदेखि केही प्राविधिक समस्या आएपनि आज बेलुका सबा ५ बजेसम्म ४४ हजार एकाउन्टहरु एक्टीभेट गरिएको, १९ हजार नयाँ आवेदनहरु प्रकृयामा लगिएको र अहिले डेढलाख आवेदकले आवेदनमा पहुच प्राप्त गरेको मेरिल्याण्डको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

नयाँ आवेदन दिन, पुरानोमा पहुच कायम गर्न, साप्ताहिक प्रमाणीकरण गर्न यहाँ क्लिक गर्नुहोस् ।

यदि तपाईले पहिले नै पूरानो प्रणालीबाट मेरिल्याण्डमा आवेदन दिइसक्नुभएको छ भने वा फोनमार्फत आवेदन दिनुभएको छ भने यो लिंकमा गएर एकाउन्ट एक्टीभेसनमा क्लीक गरेर आवेदनमा पहुच कायम गर्न सक्नुहुनेछ ।

यदि दिनुभएको छैन भने सोही लिंकमा तलपट्टी रहेको क्रीयट एन एकाउन्टमा क्लीक गरेर नयाँ एकाउन्ट बनाउनुहोला र आवेदन दिनुहोला ।

यदि एकाउन्ट बनाइसक्नुभएको छ, नयाँ आवेदन सुरु गर्न चाहनुहुन्छ, साप्ताहिक रुपमा प्रमाणीकरण गर्न चाहनुहुन्छ, पहिले सुरु गरेको आवेदन पूरा गर्न चाहनुहुन्छ भने तपाईले सोही अनुशार विकल्प छनौट गर्नुहोला ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com