महामारीमा पब्लिक चार्ज लागु नगर्न गरिएको आग्रह सर्बोच्चबाट अस्वीकार


प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार

कोरोनाको महामारीका बेलामा आप्रवासीहरुलाई पब्लिक चार्जको नियम लागु नगर्न गरिएको आग्रह सर्बोच्च अदालतले अस्वीकार गरेको छ । न्युयोर्क र अरु केही राज्यहरुले महामारीका बेला सरकारी सुविधा लिनेलाई ग्रिनकार्ड अस्वीकार गर्नसकिने पब्लिक चार्जको नियम लागु नगर्न अनुरोध गरेका थिए ।

मेडिकेड, फुडस्ट्याम्प, आवासीय सुविधा लिएकाहरुलाई ग्रिनकार्ड प्राप्त गर्न मुस्किल हुने पब्लिक चार्जको नियम देशब्यापी रुपमा नै लागु हुने सर्बोच्चले आदेश दिएको थियो । सर्बोच्चका ९ न्यायाधिसमध्ये ५ जनाले पब्लिक चार्जको नियम लागु गर्न बाटो खोलेका थिए । तर राज्यहरुले महामारीका बेलामा नियम लागु गर्नेबारे पुनर्विचार गर्न आग्रह गरेका थिए ।

तर सर्बोच्चले यस्तो आग्रह अस्वीकार गर्दै राज्यहरुले डिस्ट्रिक्ट कोेर्टमा राहतका लागि आग्रह गर्नसक्ने संकेत गरेको छ । न्युयोर्ककी एटोर्नी जनरल लेटिटिया जेम्सले साउदर्न डिस्ट्रिक्ट कोर्ट न्युयोर्कलाई नियम कार्यान्वयनका लागि रोक लगाउन अनुरोध गर्ने बताएकी छिन् ।

ट्रम्प प्रशासनले न्यायाधिसहरुलाई न्युयोर्कले गरेको आग्रह अस्वीकार गर्न भनेको छ । तर यस्तै आग्रह इलिनोय लगायतका राज्यका अन्य काउन्टीहरुले पनि गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com