कठिन अवस्थाको सामना गरेकालाई प्रवासी नेपाली एकता मञ्च अमेरिकाबाट एकसय डलरसम्म


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

कोरोना संक्रमणका कारण कठिन अवस्थाको सामना गरेका अमेरिकामा एफ वान स्टाटसमा रहेका नेपाली विद्यार्थी लगायतलाई प्रवासी नेपाली एकता मञ्च अमेरिकाले एकसय डलरसम्मको ग्रोसरीको रकम उपलब्ध गराउने भएको छ । त्यसका लागि एकसयडलरसम्मको ग्रोसरी किनेको रिसिप्ट प्रवासी नेपाली एकता मञ्च अमेरिकालाई पठाउनुपर्नेछ ।

मञ्चले समस्यामा परेकाहरुलाई सहयोग गर्न अनलाइन फर्मको समेत व्यवस्था गरेको छ । टेक्सासको डलासमा हुनेहरुलाई भने वितरण स्टोर तय गरिएको तथा त्यहाँ गएर ग्रोसरी पिकअप गर्नसकिने जनाइएको छ ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोला ।

विभिन्न राज्यहरुमा महामारीमा सहयोग गर्ने सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर अपडेट गरिएको प्रवासी नेपाली एकता मञ्चका महासचिव शंकर पन्तले जानकारी दिनुभएको छ । जसमध्ये न्युयोर्कमा टेक गुरुङलाई ९१७ २९१ ९०१, यम लामालाई ५५१ २१६ ०९०७ र सोमेन्द्र रञ्जितलाई ३४७ २१७ ५८३१ मा सम्पर्क गर्न सकिनेछ ।

यसअगाडि मञ्चले भीम कार्कीको संयोजकत्वमा सात सदस्यीय आपतकालिन राहत संकलन तथा सहयोग समिति बनाएको थियो । उक्त समितिको पहलमा न्युयोर्कमा ७७ परिवार र ११ विद्यार्थीलाई सहयोग उपलब्ध गराइएको छ भने न्युजर्सीमा काल्डवेल विश्वविद्यालयका ५५ जना विद्यार्थीलाई डाक्टर विष्णुमाया परियारको समन्वयमा खाद्यान्न र औषधी वितरण गरिएको छ ।

टेक्सासको डलासमा सुशील क्षेत्रीको अगुवाईमा राहत वितरण केन्द्र नै स्थापना गरेर एकसय विद्यार्थीलाई सहयोग उपलब्ध गराइएको छ । न्युयोर्कमा संस्थाका अध्यक्ष टेक गुरुङ, युवा नेताहरु राधाकृष्ण देउजा र यम लामाको पहलमा कोरानाबिरुद्ध सचेतना एवं सहयोग समुहमार्फत विद्यार्थी र अन्य परिवारलाई सहयोग उपलब्ध गराइएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com