गुल्मीका ४१ वर्षिय पुरुषमा कोरोना पुष्टिपछि सन्धिखर्कको छायाँ पोलिक्लिनीक सिल


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

सन्धिखर्क । रूपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि अर्घाखाँचीको सन्धिखर्कमा रहेको छायाँ पोलिक्लिनीकलाई पनि सिल गरिएको छ ।

सोमबार रुपन्देहीको क्रीमसन अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका गुल्मीका युवा सन्धिखर्कमा रहेको छायाँ पोलिक्लिनीकमा जेठ १ गते रुघाखोकी तथा ज्वरोको चेक गरेका थिए ।

सन्धिखर्कमा उपचार सम्भव नभएपछि उनि बुटवल गएको पाईएपछी पोलिक्लिनीकलाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । क्रिमसन अस्पताललाई पनि यसअघि नै सिल गरिएको छ ।

गुल्मीका ४१ वर्षिय पुरुषमा सोमबार कोरोना पुष्टि भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com