मन्त्रिपरिषद्ले स्वीकृत गरेको नेपालको नयाँ नक्सा यस्तो


प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार

सोमबार मन्त्रिपरिषद्‍ बैठकले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई समेटेको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ ।

औपचारिक रूपमा नक्सा कहिले सार्वजनिक गर्ने भन्नेबारे सरकारले निर्णय गरेको छैन ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लिम्पियाधुरासहितको नेपाल नक्सा तयार गरी स्वीकृत गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिदै अव नक्सालाई संसद्ले ग्रहण गरी सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

नयाँ नक्सामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तहहरु समेत समेटिएको छ । नयाँ नक्सा बमोजिम नै निशान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक गरिने जनाइएको छ ।

नयाँ नक्सा पारित गर्ने निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक भनेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com