८० देशमा काम गरेका पाण्डेको अनुभव – ‘द्वन्दबाट देशले आत्महत्या गर्छ’
प्रकाशित मिति : चैत्र २८, २०७३ सोमबार
नेपाल अहिले अस्थिर राजनीतिबाट गुज्रिएको छ, त्यहीँ अवस्थाबाट विश्वका धेरै देश गुज्रिएका थिए र छन् । ८० देशमा म आफै पनि पुगेर काम गरेको आधारमा यो कुरा भनेको हो । यस्तो अवस्थाबाट गुज्रिएका कुनै देश समृद्ध भए भने कुनै देशले आत्महत्या नै गरेका उदाहरण छन् । मेरो आँखा अगाडिको कुरा हो । त्यसैले ती देशमा भएका सकारात्मक कुरा र नकारात्मक कुराबाट नेपालले धेरै कुरा सिक्नुपर्छ । नेपालभन्दा राम्रो अवस्थामा रहेको देश आन्तरिक द्वन्दका कारण आत्महत्या नै गरेका उदाहरण छन् । त्यसको पहिलो कारण थियो जातिय लडाई । जातिय राजनीति गर्दा देशले आत्महत्या नै गर्छ भन्ने उदाहरण सोमालिया हो ।
देश समृद्ध बनाउनका लागि जात र धर्मका कुरा उठाउनु पर्दैन । बरु जातिय हिसाबले को कहाँ पछि परेको छ त्यसको खोजी गरौँ । कहीँ जनजातिपछि परेका छन् कहीँ बाहुन नै पछि परेका छन् । यसमा गहिरो अध्ययन गरे उनीहरुलाई माथि उठाउने काम गर्नुपर्छ । तर, आधार जात र धर्मको बनाउनु हुँदैन ।
नेपालभन्दा राम्रो अवस्थामा रहेको देश आन्तरिक द्वन्दका कारण आत्महत्या नै गरेका उदाहरण छन् । त्यसको पहिलो कारण थियो जातिय लडाई । जातिय राजनीति गर्दा देशले आत्महत्या नै गर्छ भन्ने उदाहरण सोमालिया हो ।
आन्तरिक द्धन्दमा परेर माथि उठेका देशले विकाशका आधारभूत कुरा पहिचान गर्न सफल भए र छोटो समयमा विकास गर्न सफल पनि भए । उनीहरुले कुरामा ध्यान दिए । मानव संरचना, भौतिक संरचना, विकासका पुर्वाधार (जस्तै बाटो, विजुली टेलिफोन) र बलियो एवं स्वतन्त्र कानुनमा जोड दिए । राज्यसंचालन गर्ने संस्था बलियो बनाउनेमा ध्यान दिए । कर्मचारीहरुले स्वतन्त्र रुपमा निर्णय गर्ने अधिकार सुनिश्चित गरे । उनीहरुले विकासका लागि सबैलाई समेटेर लिए । सामान्य गरिबलाई माथि उठाउनको लागि तल्लो बर्गको मानिसलाई सहुलियतमा ऋण प्रदान गरे । त्यसपछि समाज विस्तारै माथि उठ्न थाल्यो ।
यी माथि भनिएका कुरा एकसाथ जान सकेको देश छोटो समयमा विकास गरेको छन् । तर, हाम्रो देशमा एउटा डर लाग्दो संस्कृतिको विकास भएको छ । त्यो भनेको अरुलाई न सोध्ने आफै जान्ने छु भन्ने । थाइलाइन्ड र सिंगापुरले शिक्षामा जोड दियो, त्यो देश छोटो समयमा राम्रो विकास गरे ।
राज्य सञ्चालन र विकासका लागि बलियो र प्रभावकारी कानुन चाहिन्छ । देशमा बलियो कानुन छैन भने विदेशी लगानी कर्ता आउन चाहँदैनन् । भ्रष्टचार विरुद्ध कडा साजायको व्यवस्था हुनुपर्छ र विकासमा सबैलाई समाबेस गरेर लैजानु अनिवार्य हुन्छ । विकासको लागि कमआय भएका जनतालाई सहुलियतमा ऋण दिनुपर्छ । त्यो राज्यको दायित्व हो । जीडपी बढ्दैमा गरिबी कम हुँदैन । किनकी कुनै एक व्यक्ति धनी हुँदैमा देश विकास हुँदैन । विकासको लागि गरिवको पहुँचमा विकास पुग्नुपर्छ । यसरी आधारभूत कुरा पुरा हुने हो भने देश माथि लाग्छ तर अफ्रिकाका देशमा यि कुरा नहुँदा माथि उठ्न सकेका छैनन् ।
नेपालमा पनि अरुलाई सोध्नु र सुन्नु हुँदैन भन्ने कलत संस्कारको विकास भएको छ । जसले गर्दा विकासमा विज्ञता हाँसिल गरेकाको कदर हुँदैन उनीहरुको योग्यता लागू हुन्छ । जसको कारण हामी अगाडि बढ्न सकेका छैनौँ ।
निकै राम्रो क्षमता भएका व्यत्तित्वहरु देशमा हुनुहुन्छ । नेपालीले हासिल गरेको विज्ञता धेरै देशले लिएको छ, तर आफ्नो राज्यलाई सित्तैमा काम गर्छु भन्दा पनि राज्य संञ्चालनकहरु लिन मान्दैनन् । म आफू पनि द्वन्द समाधान र पुननिर्माणमा विज्ञता हाँसिल गरेको छु त्यो राज्यलाई दिन्छु भन्दा पनि उहाँहरुमा इच्छा शक्तिनै देखिदैन । नेपालमा ५० /६० जना यस्ता विज्ञहरु छन् जसले विश्वका ठूला–ठूला देशमा काम गरेर विज्ञता हासिल गरेका छन् । यी सबै विज्ञहरु देशको समृद्धिमा योगदान गर्न चाहान्छन् तर नेतृत्व त््यसलाई लिने क्षमता राख्दैन । अर्को देश पुननिर्माणको व्यवस्थापनामा काम गर्न सक्छौँ भन्दा पनि हामीलाई काम दिने क्षमता राख्दैनन् । अर्को, पारदर्शिताको पनि समस्या छ ।
पहिलो कुरा पुननिर्माणको लागि योजना नै बन्न सकेन । अर्को, निर्माण गर्ने तहमा रहेकाहरुले निर्णय गर्नसक्ने अधिकार नै छैन । विपतको बेला समय हुँदैन त्यसमा त २४ घण्टा भित्र निर्णय गर्न सक्ने हुनु पर्ने थियो त्यो हुन सकेन ।
देश समृद्धि बनाउने हो भने सिँगापुरको लिकानियो जस्तो नेतृत्व नेपाललाई चाहिएको छ । तर, हाम्रो देशमा सबै भन्दा पहिले संरचना विरुद्ध लड्नै पर्छ । जुन संरचनामा देश चलेको छ त्यसका विकल्प खोज्नु पर्छ यदिबाटो बाट अब देशको विकास हुन सक्दैन ।
नेपालमा न्यायालय प्रति जनताको विश्वास नै छैन । सबैले न्याय पाउनको निम्ति कहाँ कति घुस खुवाउने र कसरी खुवाउने तिर लाग्छन् । किनकी न्यायालय भूलभूलैया जस्तो छ । खासगरी हुँदा खाने वर्गले न्याय पाउँछ भन्नेमा पटकै विश्वास छैन, यस्तो हुनु ठूलो विडम्बना हो । न्यायालय चारपासे (चाकडी गर्नेहरु) को हो । राजा महाराजाको पालादेखि चल्दै आएको छ, जुन अहिले पनि चलेकै छ । बिना पैसा काम हुँदैन भन्ने कुराको विकास भएको छ । त्यो ठीक होइन । संस्था बलियो बनाउनको लागि जस्लाई जिम्मा दिएको छ उसलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ । तर जसले नेतृत्व गरेको छ उसले काम राम्रो गरेको हुनुपर्छ ।
देश समृद्धि बनाउने हो भने सिँगापुरको लिकानियो जस्तो नेतृत्व नेपाललाई चाहिएको छ । तर, हाम्रो देशमा सबै भन्दा पहिले संरचना विरुद्ध लड्नै पर्छ । जुन संरचनामा देश चलेको छ त्यसका विकल्प खोज्नु पर्छ यदिबाटो बाट अब देशको विकास हुन सक्दैन ।
अहिलेको संविधानले दिएको कतिपय कुरा कामै लाग्दैनन् । त्यसको कारण देश ३०÷४० वर्ष यहि अबस्थामा रहन्छ । देशको क्षमताभन्दा बढी संविधानले अधिकार दिएको छ । जुन कुरा भर्खरै सम्भव नै छैन । अर्को कुरा देशको विकास गर्ने हो भने एउटा मुद्धा मुख्य बनाउनुपर्छ । सबैलाई सँगै लैजान सकिदैन । हामीले अमेरिकामा भएको राष्ट्रपतिको चुनावलाई हेर्न सक्छौ । ट्रम्पले दिएको एउटा मात्र सन्देश हो ‘मेक अमेरिका ग्रेट अगेन’ । त्यसैले सबै मुद्धा एउटै गतिमा अगाडि लैजानु हुँदैन, यदि त्यसो गरियो भने कुनै कुराको परिणाम आउँदैन ।
नेपालका केही राजनीतिक पार्टीले नेपाली राष्ट्रियता भनेको भारतलाई गाली गर्नु मात्र हो भन्ने बुझेका छन् । नेपाल भ्रष्टचार र गरिबीबाट सबै पीडित छन् । मान्छेले त्यो मात्र विश्वास गर्छ जसले उसलाई देखिरहेको छ । दुःख कहिले काहीँ देखिदैन जुन राजनीति पार्टी र नेताले त्यो दुःख समेट्न सक्नुपर्छ ।
देशको मुख्य समस्या भनेको भ्रष्टचार नै हो । धेरै मुद्धा उठाएर हुँदैन । एउटा मात्र त्यो पनि भ्रष्टचार विरुद्ध । बल्ल देश अगाडि बढ्छ । जनताले विकल्प खोजेका छन् तर सजिलै विश्वास गर्ने वतावरण छैन । किनकी हिजोदेखि पार्टीहरुले गरेका बाचा पुरा गरेका छैनन् । अर्को, आफ्नो गुटगत र पार्टीगत चेतनाभन्दा माथि उठेर देश विकासमा एकै ठाउँमा आएनन् । गरि खाने मानिसले त्यो मात्र विश्वास गर्दछ,जहाँ उसलाई दुखेको छ, मानिसले समेट्न सक्छ । जनताले विकल्प खोजेका छन् । तर, जनताको दुःख समेट्न र काम गर्न सकोस् त्यो विकल्प जनताले खोजेका हुन् । त्यसको लागि म्यासेन्जर र म्यासेज तयार गर्नुपर्छ ।
नेपालका केही राजनीतिक पार्टीले नेपाली राष्ट्रियता भनेको भारतलाई गाली गर्नु मात्र हो भन्ने बुझेका छन् । नेपाल भ्रष्टचार र गरिबीबाट सबै पीडित छन् । मान्छेले त्यो मात्र विश्वास गर्छ जसले उसलाई देखिरहेको छ । दुःख कहिले काहीँ देखिदैन जुन राजनीति पार्टी र नेताले त्यो दुःख समेट्न सक्नुपर्छ ।
अर्को नेपालको राजनीतिक पार्टीमा संगठनात्मक व्यावस्थापन मुख्य कुरा हो । त्यसको मुख्य पक्ष भनेको सुचना संचार हो । यदि नेता र जनता, कार्यकर्ता र नेताबीच राम्रोसँग कम्युनिकेसन भएन भने समस्या पैदा हुन्छ । यसमा सबैभन्दा ध्यान दिनुपर्ने हुन्छ । नेताले के सोचेको छ तल्लोतहको कार्यकर्ताले के बुझेको छ त्यसको पनि अनुगम गर्नुपर्छ र उनीहरुको कुरा सम्मबोधन गर्नुपर्छ त्यसको व्यावस्थापन एक पटक होइन पटक पटक गर्नुपर्छ । संगठनको व्यावस्थापन र सुचना सञ्चारको व्यावस्थापन एक पटक होइन पटक पटक हुनुपर्छ ।
पार्टीले तयार पारेको सन्देश बोकेर जनतामा जाने मानिस राम्रो हुनुपर्छ । पार्टीले बोकेको सन्देश ठीक तरिकाले लैजान सकिएन भने सबैभन्दा ठूलो समस्या हुन्छ । पार्टीहरु फुटमा परिणत हुने भनेको मिस कम्युनिकेसन हो । अर्को नेतामा पलाउने अहंकार पनि हो । अर्को पारदर्शिता पनि हो । मिस कम्युनिकेसनका कारण विश्वमा ठूला ठूला युद्ध भएको उदाहरण समेत छन् ।
आर्थिक व्यावस्थापन गर्दा त्यसको परिणाम के आउँछ भन्ने पहिल्यै नाप्नुपर्छ । तब मात्र परिणाम निस्कन्छ, होइन भने मानिस भेला गरेर मात्र अब हुँदैन । अब नेपालमा विकास गर्नुका लागि क्रान्तिकारी कदम चाल्नुपर्छ । नयाँ तरिका नयाँ रुप नयाँ कार्यशैली चाहिन्छ । राम्रो काम गर्नेलाई जनताले साथ दिन्छन् । केही समस्या छ त्यसलाई रुपान्तरण गर्ने हो भने राम्रो काम हुन्छ । त्यसको लागि अहिले भएका सबै नियम कानुन सबै तोडेर अगाडि जानसक्नुपर्छ । राजनीति भनेको लहर हो त्यो हामीले गरेर देखाउनुपर्छ जनताले सधैसाथ दिन्छन् ।
(२८ वर्ष युएनमा रहँदा विपतव्यवस्थापनमा काम गर्नु भएका पाण्डेसँग खसोखासका नेपाल सम्पादक अरुणा रायमाझीले गर्नुभएको कुराकानीमा आधारित । )