जमिन फिर्ता ल्याउने वार्तापछि सीमालाई तारबार गर्नुपर्छ : पम्फा भुसाल


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेता एवं सांसद पम्फा भुसालले नेपाल–भारत सीमामा तारबार लगाउनुपर्ने बताउनुभएको छ । नेपाल र भारतबीचको खुला सिमानालाई व्यवस्थीत गर्ने बेला आएको उहाँले बताउनुभयो ।

नेपालको नयाँ नक्साको पक्षमा सिंगो संसदमा देखिएको एकता इतिहासको गर्वपूर्ण अवसर भएको उहाँले बताउनुभयो । यसैको जगमा नेपालको भूमि फिर्ता लिनुपर्ने उहाँको भनाई छ ।

खुला सीमा हुन नहुने र कोरोनाले यसबारे पाठ समेत सिकाएको उहाँले बताउनुभयो । जमिन फिर्ता ल्याउने वार्तापछि सीमालाई तारबार गर्नेतिर जानुपर्ने उहाँले बताउनुभयो ।

जनताले नेपाल सरकारलाई दिएको अभिमत अनुशार सरकारले वार्ता र संवादबाट जमिन फिर्ता ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । २०६५ जेठ १५ गते गणतन्त्रको घोषणा गर्दा गौरवको अनुभूति भएजस्तै अहिले मिचिएको भूभाग समेटिएको नक्सा पारित गर्न गौरव लागेको उहाँले बताउनुभयो ।

तथ्य प्रमाणले भारतले मिचेको भूभाग शतप्रतिशत नेपालको बताउने भन्दै संसदमा देखिएको सर्वसम्मतिको तागक र बलबाट जमिनलाई ल्याउने कुरामा सरकार लाग्नुपर्ने उहाँको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com