यी हुन् नेपालको नयाँ नक्सा पारित गर्ने संसद बैठकमा नआउने सांसदहरु


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

प्रतिनिधिसभाबाट भारतले मिचेको भूभाग समेत समेटेको नयाँ नक्सा समेटेको संविधान संशोधन विधेयक पारित भएको छ । तर यो ऐतिहासिक प्रतिनिधिसभा बैठकमा केही सांसदहरु भने उपस्थीत भएनन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो । यो क्षणमा २ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा १२ जना सांसद अनुपस्थित रहे ।

बैठकमा सांसदहरु अमृता देवी अग्रहरी, गोपाल बहादुर बम , दुलारी देवी खत्वेनी , धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी , हरि बोल गजुरेल , ज्ञान कुमारी छन्त्याल अनुपस्थित रहे । सरिता गिरी बैठक बहिष्कार गरि बाहिर निस्केकी थिइन् ।

४ जना सांसद भने निलम्बनमा छन् । सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा , बिजय कुमार गच्छदार निलम्बित छन् । सभामुखले विधेयकमाथिको मतदानमा सहभागिता जनाउँदैनन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com