अमेरिकाबाट भर्खर मात्रै बार कलेज सकेर फर्किएका सहायक रथी रावल बर्खास्त


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । सैनिक अदालतले सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा बुधबार रावल र खड्कालाई बर्खास्त गरेको हो ।

दुवै अधिकृतलाई बर्खास्त गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पुष्टि गरेका छन् ।

‘दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको,नीति निर्देशन अवज्ञा गरेको, अहोदामा नबसेको र सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषि ठहर गरेको छ,’ सहायक रथी पाण्डेले भने ।

रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका हुन् । महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com