नर्थ क्यारोलिनामा १ सयबर्षपछि ठूलो भूकम्प, ग्रोसरी स्टोर र घरहरुमा क्षति
प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार
अमेरिकाको नर्थ क्यारोलिनामा ५ दशमलव १ म्याग्नीच्युटको भूकम्पको धक्का महसुस गरिएको छ । नर्थ क्यारोलिनाको उत्तरपश्चीम क्षेत्र स्पार्टा नजिक आज विहान ८ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो ।
यो नर्थ क्यारोलिनामा झण्डै एक शताब्दीपछिकै सबैभन्दा ठूलो भूकम्प भएको बताइएको छ । सन् १९१६ मा नर्थ क्यारोलिनामा गएको भूकम्पपछि यति ठूलो भूकम्प गएको पहिलोपटक हो । त्यतिबेलाको भूकम्पपनि ५ दशमलव १ वा त्योभन्दा शक्तिशाली रहेको थियो ।
सन् २०११ को अगस्त २३ मा भर्जिनियाका गएको भूकम्पपछि आजको यो भूकम्प मध्य एटलान्टिक क्षेत्रमा गएको सबैभन्दा ठूलो भूकम्प हो । त्यतीबेला पनि ५ दशमलव ८ म्याग्नीच्युटको भूकम्प गएको थियो ।
Shake Alert: A 5.1 magnitude earthquake near Sparta, North Carolina this morning,
which was the location of yesterday’s 2.3 earthquake.
The last earthquake they had above 5.0 was a 5.2 magnitude quake back in 1916.
Stay safe NC!#ncearthquake#earthquake pic.twitter.com/BhvLRU4Rg1— ~Marietta✌ (@_MariettaDavis) August 9, 2020
भूकम्पबाट केही सामान्य क्षति पुगेका खबरहरु आएका छन् । ग्रोसरी स्टोरहरुमा सामानहरु खसेको र केही क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको जनाइएको छ । केही घरहरुमा आंशिक क्षति पुगेको समेत जनाइएको छ । अहिलेसम्म कोही पनि घाइते भएका छैनन् ।
युएस जियोलोजिकल सर्भेका अनुशार आजको भूकम्प २ दशमलव ३ माइल गहिरो रहेको थियो । ठूलो भूकम्प जानु अगाडि केही पहिले २ दशमलव ६ म्याग्नीच्युटको अग्रकम्प गएको थियो । आज विहान आएको ५ दशमलव १ म्याग्नीच्युटको भूकम्पपछि अर्को ठूलो भूकम्प आनसक्नेबारे चिन्ता व्यक्त गरिएपनि त्यस्तो नदेखिएको तर आउनै नसक्ने भन्ने नरहेको भूगर्भविदहरुले बताएका छन् ।
सन् २०१९ को जुलाई ४ मा क्यालिफोर्नियाको रिजक्रेस्टमा पहिले ६ दशमलव ४ म्याग्नीच्युटको भूकम्प गएको थियो । अर्कोदिन ७ दशमलव १ म्याग्नीच्युटको भूकम्प गएको थियो ।