सिंगल हुँदासम्मका फाइदा र प्राप्त हुने शक्ति


प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

– रहीम तेस्फारियम

आत्मनिरीक्षण र आत्म खोजको लागि समय निकाल्नु अविश्वसनीय अर्थपूर्ण हुन सक्छ ।

एक रात एक मित्रको जन्मदिन मनाउँदै गर्दा जन्म दिनको उत्सव जोखिम र सत्य बताउने सर्कलमा परिणत हुँदै गयो । विगत र वर्तमान सम्बन्धहरु र कार्य सम्पादनका बिषयमा ध्यान दिँदै हामीले घनिष्ठतामा सामना गर्ने चुनौतिहरुका बारेमा कुरा ग¥यांै । हामीले एक साझा विषयबस्तुमा कुरा गरेका थियौं ।

हामी आफ्नो लागि आफै सर्बश्रेष्ठ बन्न चाहन्थ्यौं र महत्वपूर्ण कुरा अरुसँग पार्टनरसिपमा त्यो कसरी सम्भब होला भनेर गहिरो चिन्तनमा थियौं । हामीमा धेरै किसिमका डर तथा भयहरु पनि थिए । एउटी महिलाले पुरुषहरुलाई विश्वास गर्न असमर्थताको बारेमा कुरा गर्थिन्, जसले उनलाई समयपूर्वदेखि नै पिछा गरेको थियो ।

अर्की एक जनाले मातृत्वलाई सन्तुलनमा राखेर यो सबै कसरी पुरा गरुँ भन्ने बिषयमा कुरा गरिन् । त्यहाँ यस्ता व्यक्तिहरु पनि थिए, जो पुरुषहरुसंग मन लाग्दो लक्षणहरुको साथ भेट नगरेकोमा चिन्तित पनि थिए । धर्म एउटाका लागी कारण थियो । महत्वकांक्षा अर्कोद्धारा उठाईएको थियो । यसको लामै सूची तयार हुन्छ ।

चाख लाग्दो कुरा के भने, उद्देश्य र आत्मसम्मान एकदमै छिटो हाम्रो कुराकानीको केन्द्रविन्दु बन्न पुग्यो । किनकी, हामीले रोमान्टिक साझेदारीको बारेमा छलफल गरेका थियौं । मैले त्यसरात भनेको थिए कि जब मलाई सिंगल महिलाहरुको समूहसंग कुरा गर्ने मौका मिल्यो भने म सधैं भन्ने गर्नु कि “सिंगल महिलाले यस अवसरलाई सदुपयोग गर्नुहोस, किनकी यस्तो मौका फेरि कहिले पनि आउँदैन ।”

केही महिलाहरुको एकांकीपन र चिन्तन बुझ्न सकिन्थ्यौं । तर प्रायः हामी मध्ये धेरैले धेरै पटक हामीसँग जे छ, त्यसैमा हामी खुसी र आनन्द लिन्छौं ।

यदि तपाई सिंगल हुनुहुन्छ र बालबच्चाहरु छैनन् भने तपाईसंग भएको स्वतन्त्रताको फाईदा लिनुपर्दछ । यसलाई पहिचान गर्नुहोस् र तपाईको जीवनमा त्यसलाई तपाई पुरा गर्न चाहनुहुन्छ वा हुँदैन सोच्नुहोस् ।

तपाई कुन शहरको वा कुन देशको यात्रा गर्न चाहनुहुन्छ ? के यस्तो कुनै व्यवसाय थियो जसलाई तपाई सुरु गर्न चाहनुहुन्थ्यो ? तपाई कुन डिग्री प्राप्त गर्न चाहनुहुन्छ ? वा कुनै पुस्तक लेख्न चाहनु हुन्छ ? ति सबै सपना तपाई पुरा गर्न सक्नुहुन्छ ।

मैले एकपल्ट पास्टरलाई सोधेको थिएँ, “यदि तपाई असफल हुनुहुनेछ भन्ने थाहा पाउनुभयो भने तपाई के गर्नुहुन्छ ?”

पुर्ण ईमान्दारीको साथ तपाई एक वर्ष ज्यूनुु होस् । यदि यसले तपाईलाई नियममा राख्न भिजन बोर्ड वा पञ्चवर्षीय योजना दिन्छ । त्यसपछि ती चीजहरुलाई नक्सामा उतार्नुहोस् ।

यदि तपाईंको खाना र व्यायाममा सुधार गर्न आवश्यक छ भने अझै धेरै नियममा रहनुहोस । यदि तपाईलाई आफ्नो जीवनमा उत्तरदायित्व साझेदारहरु आवश्यक पर्दछ भने तपाईको यात्राको लागी तपाईलाई समर्थन गर्ने व्यक्तिहरु चिन्नुहोस् जसले त्यो क्षमतामा सेवा गर्न सक्दछन् ।

तर याद गर्नुहोस्, यो तपाई के गर्नुहुन्छ भन्ने विषय मात्र होईन । यो केबल आफ्नो उद्देश्य चिन्ने र ज्यूने बिषय मात्र होईन ।

यो यस विषयमा पनि हो कि, के तपाई स्वयं सचेत हुनुहुन्छ ? के तपाईले आफ्नो लागि समय निकाल्नुभएको छ ? के तपाईको विगतको घाउहरु निको भएको छ ? या कमसेकम घाउ निको पार्नका लागी प्रक्रिया अगाडि बढाउनुभएको छ ? र यो सबै स्वीकार गर्नमा तपाईलाई लाज लाग्दैन यो कुरा मान्न कि प्रशिक्षित चिकित्सकहरु बिना तपाई यी सबै आफैं बाहिर लगाउन सक्नुहुन्न ।

आफ्नो जीवनमा नियन्त्रण गर्नुहोस् ताकि आफैंलाई असहाय महसुस नहोस् । तपाईसँग आफ्नो जीवनको यस मौसमलाई अर्थ दिन सक्ने शक्ति छ । सिंगल जीवनको स्वाद लिनुहोस् । स्वतन्त्रताको रुपमा आफ्नो सिंगल जीवनको स्वामित्व पाउनुहोस् । यसको आनन्द उठाउँनुहोस् । आफ्नो जीवनसँग के गर्न चाहनुहुन्छ त्यो गर्नुहोस्, जुन केवल तपाई मात्र गर्न सक्नुहुन्छ र आजै शुरु गर्न सक्नुहुन्छ ।

अनुवाद:  तुलसा बस्नेत

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com