‘सांसद किन्न नसक्दा संसद बैठक पर सारियो’
प्रकाशित मिति : बैशाख १७, २०७४ आईतबार
पैसा र राज्यशक्तिको बलमा सरकारले दलहरु तोडफोड गर्न खोजेको प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा आलीले दावी गरेका छन् ।
सत्तापक्षमाथि पैसा र उपप्रधानमन्त्री तथा मन्त्रीको प्रलोभन देखाएर सांसद किनबेचमा उत्रिएको ओलीले आरोप लगाएका छन् ।
आइतबार एमाले संसदीय दलको बोलाइएको विशेष बैठकलाई सम्बोधन गर्दै ओलीले भने तपाई पार्टी छाड्नुस्, पार्टी फुटाउनुस्, मन्त्री बनाउँछु, तपाईलाई उपप्रधानमन्त्री बनाउँछु, यति करोड दिन्छु भन्ने प्रस्ताव राखिएका छन्’ उनले भने, ‘हामी प्रमाण पेश गर्न तयार छौं ।’
सांसद किन्न नसक्दा र हेलिकोप्टर पठाएर खोज्दा पनि आफ्नै सांसद नभेटिएपछि संसद बैठक पर सारिएको आलीको भनाई छ ।
ओलीले सत्तापक्ष करोडौं रुपैयाँ र राज्यशक्ति दुरुपयोग गरेर सांसद खरिदविक्रीमा संलग्न रहेको आरोप लगाएका हुन् ।