रेशम फिरिरी गाउँदै चिनियाँ राजदूतबाट दशैंको शुभकामना (भिडियो समेत)
प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार
दशैंको मुख्य दिन विजयादशमीको अवसर पारेर नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाएकी छिन् । रेशम फिरिरी गाउँदै चिनियाँ राजदूत यान्छीले दशैंको शुभकामना दिएकी हुन् ।
आफुले गाएको ‘रेशम फिरिरि’ नामको चर्चित गीतलाई राजदूत यान्छीले सामाजिक सञ्जालमार्फत ट्वीटरमार्फत सार्वजनिक समेत गरेकी छिन् ।
My colleagues and I kept practicing this Nepali song Resham Firiri and finally we’ve made it! May this song bring all of you good luck and happiness!
मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस! pic.twitter.com/wpURDziSrO— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 26, 2020
चिनियाँ दूतावासले समेत उपलब्ध गराएको राजदूत यान्छीले गाएको गीतको क्लिप १ मिनेट २९ सेकेन्डको रहेको छ । आफु र आफ्ना सहकर्मीहरूले रेशम फिरिरि अभ्यास गरेको र अन्तमा गाउन सफल भएको उनले उल्लेख गरेकी छिन् ।
दशैंको मुख्य दिनमा गीत सार्वजनिक गर्दै उनले भनेकी छिन्, ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस!’
राजदूत यान्छीले बेलाबेलामा नेपालको सामाजिक साँस्कृतिक रितिरिवाजलाई फलो गर्ने गरेकी छिन् ।