अमेरिकी राष्ट्रपति चुनावमा नेपाली अमेरिकनको मतदान (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार

अमेरिकी राष्ट्रपति चुनावको मुख्य दिन आउन बाँकी नै छ । तर पनि हुलाकबाट मतपत्र पठाएर र अग्रिम मतदानमा सहभागी भएर मतदान गर्नेहरुको संख्या पनि उल्लेख्य नै छ । जसमा नेपाली अमेरिकनहरु पनि सकृय सहभागी भइरहेका छन् । यो चुनावमा मतदान गर्ने अधिकारप्राप्त नेपाली अमेरिकनहरुको संख्या पनि उल्लेख्य छ ।

अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीको संख्या झण्डै ५० हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । नेपाली अमेरिकन बाबुआमाबाट अमेरिकामा जन्मिएर मतदानका लागि योग्य भएकाहरु समेत गरी यसपटकको चुनावमा ५० हजार बढी नेपाली अमेरिकनहरु मतदानका लागि योग्य रहेको अनुमान गरिएको छ ।

अमेरिकामा रहेका नेपाली अमेरिकन अमेरिकाको राष्ट्रपति चुन्ने चुनावमा कसरी सहभागी भइरहेका छन् ? फोटो फिचर । कभर फोटोमा मतदानस्थलमा पोल वाचर र च्यालेन्जरका रुपमा मेरिल्याण्ड राज्यका सांसद नेपाली अमेरिकन ह्यारी भण्डारी । 

हुलाकबाट मतपत्र पठाएर मतदान गर्दै न्युयोर्कका चर्चित नेपाली कानुन व्यवसायी खगेन्द्र जीसी ।

 

न्युयोर्कमा अग्रिम मतदानमा सहभागी भइसकेपछि रिजउड निवासी मनमोहन सिंह घिमिरे ।

 

टेक्सासको युलेसमा अग्रिम मतदानमा सहभागी भइसकेपछि सहकुल खत्री ।

 

मासाचुसेट्समा अग्रिम मतदानपछि रञ्जन र सन्तोषी ।

 

नर्थ क्यारोलिनामा अग्रिम मतदानपछि अनिल मैनाली र लक्ष्मी शर्मा ।

 

टेक्सासमा अग्रिम मतदानपछि शारदा कुँवर थापा ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com